नेपाल खुला विश्वविद्यालय ऐन जारी भएकोमा गैरआवासीय नेपाली संघ खुसी ब्यक्त


काठमाडौं । नेपाल खुला विश्वविद्यालय ऐन जारी भएकोमा गैरआवासीय नेपाली संघ खुसी ब्यक्त गरेको छ । अज एक विज्ञप्ति जारी गर्दै संघले यो ऐनले विश्वविद्यालय सभामा गैरआवासीय नेपाली संघको महत्वपूर्ण सहभागिताको व्यवस्था गरी भविश्यमा पनि हाम्रो सहभागिता सुनिश्चित गराएकके बताएको छ ।

अफ्नो खुला विश्वविद्यालयको अभियानले पाएको यो सफलताबाट समस्त गैरआवासीय नेपाली समुदायमा एउटा उत्साहको वातावरण सिर्जना भएको संघको ठहर छ ।

 

‘नेपाल सरकार र गैरआवासीय नेपाली संघको यो संयुक्त परियोजनालाई सफल पार्न हामीले आफ्नो तर्फबाट सशक्त नेतृत्वदायी योगदान गर्यौँ भन्ने हाम्रो ठहर छ’, विज्ञप्तीमा भनिएको छ, ‘ न्यायिक, सभ्य, सुशिक्षित, र सुसंस्कृत नेपालको निर्माणमा यो अभियानमार्फत हामी गैरआवासीय नेपालीहरूले नेपाललाई पुर्याएको योगदान प्रति नेपाल सरकार जानकार छ भन्ने हामीलाई लाग्छ ।’

संघले नेपाल सरकारले संघका अभियन्ताहरूले गरेको अत्यन्त वृहत् परिकल्पना तथा त्यसलाई फलिभूत बनाउन गरेको योगदान, निष्ठा र समर्पणको उच्च कदर गर्ने छ तथा गैरआवासीय नेपाली समुदायमा रहेको बौद्धिक र प्राविधिक क्षमतालाई खुला विश्वविद्यालयमार्फत नेपाल भित्र्याउन तथा आजको बौद्धिक वहिर्गमनको अवस्थालाई बौद्धिक आगमनमा रूपान्तरण गर्न आवश्यक उर्जा प्रदान गर्ने विश्वास ब्यक्त गरेको छ ।

नेपाल सरकारले यो संयुक्त परियोजनाको नेतृत्व संघबाट अभियानमा लागेका व्यक्तिलाई दिएको खण्डमा गैरआवासीय नेपाली प्राज्ञहरूलाई यो विश्वविद्यालय मार्फत नेपाल भित्र्याउन र विश्वविद्यालयको गुणस्तरीयता, विश्वसनीयता र सफलताको लागि सहयोग पुग्ने संघको दावी छ ।

‘नेपालको संविधानले दिएको गैरआवासीय नेपाली नागरिकताको मर्म पनि नेपालमा प्रवासी नेपालीहरूको ज्ञान, सीप, अनुभव र लगानीलाई नेपालको समग्र विकासमा सहायक हुने गरि परिचालन गर्ने नै हो भन्ने हामीलाई लाग्दछ’, विज्ञप्तीमा लेखिएको छ, ‘थुप्रै गम्भीर यथार्थहरूलाई आत्मसात् गरी यो विश्वविद्यालयको मूल मर्मलाई बचाउन नेपाल सरकारले यो विश्वविद्यालय दीगो व्यवस्थापन र सञ्चालनको अवस्थामा पुर्याउने प्रारम्भिक कालका लागि गैरआवासीय नेपाली संघको तर्फबाट अभियानमा लागेका ब्यक्तिलाई नै नेतृत्व दिन बान्छनीय तथा समस्त नेपालीको हित अनुकुल हुने तथ्यलाई सार्वजनिक गर्न चाहन्छौँ ।’

यसमा तपाइको मत