भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर गोली चलाउँदा कञ्चनपुरमा एक नेपालीको मृत्यु भएको समाचारलाई शुक्रबारका सबै राष्ट्रिय दैनिक पत्रिका लगायत सबै मिडियाले र राजनैतिक पार्टीहरुले बोलिरह्न्दा पनि सरकार किन चुप छ ? भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको मृत्यु पुष्टि भैसकेको छ /सरकार अझै केहि नगरी बसेकोले जनताहरुमा शंका पैदा भएको छ /कतै यो सरकार उतैबाट त संचालित होइन ? नत्र यस्तोसम्बेदनशील घडी किन सरकार बिस्तारमा मख्ख छन् त ? सिम्मा क्षेत्रका जनताहरु ज्यानको बाजी लगाएर लडिरहेका बेलामा सरकार भागबन्डामा मात्र किन सिमित हुन्छा त ? यस बिषयमा जनताले खोजि गर्ने बेला आयको छ /



