गजल

- रुद्र अधिकारी


अाफ्ना भागमा ल्याएका जति जिएर जान्छन् ।
उमेर बढ्छ तर अाफू चाहिँ खिएर जान्छन् ।

अवश्य स्वर्ग गरिबहरूकाे बस्ती हुनुपर्छ,
किनकि सबै खालि हात लिएर जान्छन् ।

मरेर मारेर जसरी पनि कमाउनै पर्ने,
अाखिरमा अरू कसैलाइ दिएर जान्छन् ।

जम्मा गर्छन् भाेक भाेकै बसी मारेर मनलाइ,
अन्तिम समयमा गंगाजल पिएर जान्छन् ।

चितामा जलेर जब हुन्छ देह खरानी सबै,
अनि गंगाकाे धारमा मिसिएर जान्छन् ।

यसमा तपाइको मत