सरोज लामा लामो संघर्स गरेर नेपाली सांगीतिक आकासमा स्थापित हुदै


सानै उमेरदेखि कला क्षेत्रमा रुचि भएका सरोज लामा लामो संघर्स गरेर नेपाली सांगीतिक आकासमा स्थापित हुदै गरेका कलाकार हुन् ! आफ्नु घर परिवार र समाजले वास्ता नगर्दा पनि उनले यो क्षेत्रलाइ छोड्न सकेनन ! फलत चर्चित गायक भोजराज काफ्लेको संगत र साथ पाएपछि उनले लगातार तीन ओटा लोक कमेडी गीतमा स्वर भर्न सफल भएका छन ! उनले गाएको पहिलो लाकुरीको छायाले मनै चञ्चल बनायो तिम्रो मायाले बोलको लोकगीत राम्रै चर्चामा पनि आयो ! निकै दुख गरेर आएको गरिब परिवार जन्मिएको धेरै इच्छा आकांक्षा हुदा पनि कसै साथ नपाएको पिडा ब्यक्त गर्दा गायक सरोज लामा भाबुक हुन्छन ! भन्छन – पैसा हुनेले मात्र आफ्नु प्रतिभा देखाउन पाउदा रहेछन ! पैसा नहुनेका लागी त् मुटुमा पिडा लुकाएर हिड्नु पर्दो रहेछ !यो जीबनमा कला क्षेत्रमा आउन कति दुख गरियो यसको हिसाब नगरौ ! गायक लामाले लाकुरीको छायाको अलवा जोबन साचेर र के छ तिम्रो सुर बोलको गीतमा स्वर भरेका छन ! उनको नजिकको साथी तथा मोडेल सुजाता दाहाल ( अरिना ) भन्छिन _उसले कला क्षेत्रमा धेरै दुख गरेको छ ! स्वरको धनि सरोज नेपाली सांगीतिक आकासमा चम्कने छन मलाई पूर्ण आशा छन

यसमा तपाइको मत