गज़ल

- राम प्रसाद चापागाई


अभागी नेपालीहरु ! भेटको कुरा नगर
पुरानै घाऊ फेरि अको चोटको कुरा नगर ।
हावाहुरी आउँदा बेहोसी भए पछि
उडाउँछ बिरुवामै बोटको कुरा नगर ।
गाउँ शहर आक्रान्त छन् इमानविना
हिंसा आतंक ब्याप्त छ खोटको कुरा नगर ।
तिम्रै घर आँगनमा फेरि वेसर्म उभिएर
भोट माग्नेहरुको ओठको कुरा नगर ।

यसमा तपाइको मत