काठमाडौं, बैशाख ७ -आगामी स्थानीय चुनावका लागि टोखा नगरपालिकामा राजनीतिक सरगर्मी बढ्दै गएको छ । नयाँ नगरपालिका भएकाले राजनीतिक दलहरुमा बेग्लै उत्साह देखिन्छ । चोक, गल्लीहरु र सार्वजनिक स्थलहरुमा चुनावी चर्चा बाक्लिन थालेको छ । पार्टीहरुको बैठक, भेटघाट र वार्ताहरु बाक्लिन थालेका छन् । आंकाक्षी उम्मेदवारहरु दौडधुपमा व्यस्त छन् ।
यहि दौडधुपमा वेस्त मध्यका जुझारु कर्मठ अनि लगनशील ब्यक्ति हुन मनिराज डंगोल । टोखा नगरपालिकाको मेयरमा मनिराज डंगोलको चर्चा सुनिन थालेको छ । हाल साम्म मेयरका लागि आकांक्षिहरु मध्य डंगोलको मेयर हुने सम्भावना बदियो बन्दै गएको छ । टोखा नगरपालिकाको विकास, बिस्तार, सम्पदा संरक्षण, सुरक्षा, सुधार तथा युवा स्वरोगजार अगाएतका ’ नारा सहित स्थानिय निकाय निर्वाचनमा जाने तयारिमा रहेका डंगोल प्रभावशाली युवा नेता हुन् । राजनैतिक स्वच्छ छवी भएका डंगोल भिजन भएका नेताका रुपमा चिनिन्छन् । डंगोल टोखाको आशाका केन्द्रविन्दु व्यक्तिका रुपमा रहेको छ ।
नेकपा एमाले शक्तिकेन्द्रसंग सामिप्यमा रहेका डंगोल जनस्तरमा लोकप्रिय नाम हो । टोखा नगरपालिकालाई धार्मिक पर्यटनको सम्भावनालाई आफुले साकार बनाउने तर्फ डंगोल लागीसकेका छन् | एक घर एक पहिचान प्रत्यक घर सबै रोजगारका कार्यक्रम अगाडी सारेका छन् । टोखा नगरपालिकाको धार्मिक साँस्कर्तिक तथा भौतिक पक्षको संरक्षण पुनर्निर्माण लाई स्थान परिवेश सुहाउदो गुरु योजना समेत अगाडी सारेका छन् । टोखा नगरपालिका क्षेत्रको संरक्षण र विकासका लागि बेग्लै गुरुयोजना, सार्बजनिक सम्पतिको संरक्षण लगायतको कार्यपनि महत्वपूर्ण कार्यसूचीमा राखेर आफु चुनाबी मैदानमा आउने कुरा मनि राज डंगोल बताउछन |
२०४१ सालमा तत्कालिन सरस्वती नि.मा.वि.का प्रधानाध्याकलाई झापाली भन्दै चड्कन दिएसँगै राजनीतिमा होमिएका थिए । पञ्चायतको विरोधमा त्वापचाबाट राजनीतिमा सक्रिय भएर लागे सालको प्रजातान्त्रिक अभ्यास पश्चात नेकपा एमालेको राजनीतिमा सक्रिय रुपमा लागेका डंगोल टोखा सरस्वती पार्टी गाउँ कमिटको सचिव क्षेत्रीय कमिटीका सदस्य हुदै काठमाडौँ जिल्ला संगठन कमिटी कार्यवाहक सदस्य भै नेकपा एकालोको संगठन बिस्तारमा लागि रहेका छन् | हाल टोखा न.पा.मा सर्वदलीय समितिका सदस्य समेत रहेर टोखा न.पा.को हरेक गतिविधिमा सक्रियताका साथ सहभागिता जनाइ रहेका छन् ।
सामाजिक रुपान्तरण तथा सामाजिक सचेतनाका लागि डंगोलले निकै नै महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । उत्तरी दर्पण मासिक पत्रिकाको अध्यक्षको रुपमा रहेर उत्तरी भेगका जनताहरुलाई सूचनाको हक दिनाउने कार्य समेत गरेका थिए । टोखाका निर्माण मजदुरहरुको हकहितका लागि टोखा निर्माण मजदुर संघको स्थापना गरी अध्यक्षको जिम्मेवरी समेत निभएका थिए । नेतृत्वदायी क्षेमता भएका डंगोले आफ्नो मौलिक भाषा कला र संस्कृतिको उच्च सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ ।
पुर्खाको पौरख र शिपलाई जीवन्त राखिराख्नु पर्छ भन्ने मान्यता बोकेका डंगोलले टोखाको संस्कृतिको पहिचान दिन चाडपर्व र संस्कृति नाम पुस्तकको प्रकाशक भएर प्रकाशन गरेका छन् भने स्वयम आफैले पनि उत्तरी प्रवेशद्वार टोखा नामक पुस्तकका लेखक हुनुहुन्छ । प्राचीन ऐतिहासिक टोखाको मौलिकता कला संस्कृतिको संरक्षण तथा प्रवर्धन गर्नुका साथै विश्वसमुदायमा परिचित गराई टोखालाई पर्यटकीय क्षेत्रकारुपमा विकास गर्ने टोखा खुल्ला संग्रहालय बनाउने सपनाका साथ टोखा सम्पदा संरक्षण समाज नाम संस्थाको संस्थापक अध्यक्ष भएर विविध कार्यक्रमहरु गरिरहेका छन् ।
स्थानीय संघ संस्थामा रही सामाजिकीकरण कार्य समेत गरिसकेका डंगोल सफल ब्यबसायी समेत हुन् | नेकपा एमाले वृतमा डंगोललाई टोखा न.पा मेयरका अन्य प्रतियाशीहरुले समेत सहयोग गर्ने कुरामा ढुक्क छन् |साभार ;न्यज अफ टोखा .कम



