गजल

- शान्ति शर्मा


यो मुटुको चाल उसै बन्द होला कि !
समुद्रको छाल उसै बन्द होला कि !

झिँगाको छ नाराजुलुस पुतलिको धर्ना
माकुरीको जाल उसै बन्द होला कि!

रङ्ग फेरि फेरि पानी प्युन थाले सारा
साँझको कमाल उसै बन्द होला कि!

राख्न पाए त्यो छातीको पाखैभरि” शान्ति ”
आँधिको बबाल उसै बन्द होला कि!!!
( २०७४/१/१९)

यसमा तपाइको मत