पारु
आज फेरी
तिम्रो जन्मोत्सव मनाउंदा
फक्रेका छन् रङ्गिन पूmलहरु
मेरो मनका कुना कुनामा
उमेरका रेखाहरु
रङ्गिन बनेर फैलिए त के भो र
सुन जस्तो झन् झन् चम्किलो
भेटेको छु मैले तिमीलाई
तिम्रो हृदय
अझ गाढा र तेजिलो वन्दैछ
शुरुमा भेटे भन्दा वढी
दुई नदी जस्तो
फरक फरक ढङ्गमा बगिरहेका हामी
भेटिएर दोभान बनाएपछि
बगिरहेछांै जिन्दगीलाई अझ सुकिलो बनाएर
हामी दुवै एकै बाटोमा हिंड्दा हिड्दै
भव्य आयोजनामा तिम्रो जन्मोत्सव मनाउंदैछौं
यस्तो विशेष दिन
आइरहोस् मेरो जिन्दगीभरि
ग्वङ्गबुँ, नयाँबसपार्क



