आमा को महिमा

- जसिन्द्र श्रीपाली


खै आमा तिमी दोसि हौ या तिम्रो कोख दोसि हो ,साच्चै तिमी दोसि हौ आमा जस्ले एउटा गत्तिलो छोरा जन्माउन सकेनौ।
अझ जन्माएनौ पनी नभानौ क्यारे,जन्माएर पनी त्यो छोरा बनाउन सकेनौ जस्ले बुढेशकाल मा तिम्रो साहारा बन्न सक्यो।
अभागी रैछौ आमा तिमी जस्ले छोरा मात्र जन्माएउ तर छोरा छोरा जस्तै बनाउन सकेनौ,समाज र साथि संगीको दुख देख्यो तिम्रो छोरा ले तर तिम्रो दुख देखेन, धेरैको दुखेको हातमा मलम गर्न जान्यो तर तिम्रो फुटेर खिस्रिक्क बनेको हात देखेन, बाढी पिडित,नाङ्गो भोको देख्यो तर तिम्रो फाटेको चोली देखेन,तिम्रो खाली पेट देखेन साच्चै संसारको अभागी आमा मध्ये तिमी पनी एक हौ,जस्ले अबुज छोरा जन्माएऔ,शिक्षक चिन्यो तिम्रो छोरा डक्टर वकिल पत्रकार चित्रकार साहित्यकार चिन्यो तिम्रो छोरा तर तिम्रो महिमा चिनेन,नेता जनता मन्त्रि चिन्यो तिम्रो छोरा तर आमा चिनेन ।
साच्चै अभागी हौ आमा तिमी तिम्रो छोराले बृद्घाआश्रम बस्ने आमाको माया बुभ्mयो तर तिम्रो माया बुझेन,अरुको भाचिएको लौरी देख्न सक्यो तर तिम्रो कुक्रिदै गएको शरिर देख्न सकेन, अरुको रित्तो जेप र रित्तो पेट देख्न सक्यो तर तिम्रो मर्म बझ्न सकेन अरुको रोग र भोगले सुक्दै गएको ओठ देख्न सक्यो तर तिम्रो खुशि हराएर खुम्चिएको छाला देख्न सकेन,
एउटा युवटिको माया बुझ्न सक्यो तिम्रो छोराले तर तिम्रो माया चिन्न जानेन । खुईअ…. सुस्केरा आउछ आमै तिम्रो भाग्य सम्झेर, पोहोर सालको चुडेको चप्पलमा पटुकि च्याटेर बाधेर हिडेको भुलेको छैन तिम्रो छोरालाई फेरी पनि उस्लाई तिम्रो लागी नया चप्पल फेर्न भन्दा युवटिलाई शहरीया चप्पल किनि दिदा बढी खुशि मिलेको छ ।
उस्ले भुलेको छैन आमा तिम्रो खाली खुट्टा,दुखले छोपेको अर्ध शरिर उस्ले भुलेको छैन साहुको ऋण,मक्किएको घरका धुरखाबा हरु,उस्ले भुलेको छैन तिम्रो कमजोर शरिर,कोमल मन,फेरी पनी लाचार हेरी रहेछ आमा उ चुपचाप छ किनकि एउटा भुमरीमा छ तिम्रो छोरा,एउटा पिन्जढामा छ तिम्रो छोरा जस्ले सबैथोक देख्न सक्छ र पनी केहि गर्न सक्दैन त्यसैले तिमी अभागी हौ आमा तिमी अभागी हौ।

यसमा तपाइको मत