महिलाको मस्तिष्कमा सहवासको अभिलेख !


 

वीर्य सजीव हुन्छ । यो एक जीवित कोष हो । जव यो महिला भित्र सिंचित हुन्छ, गर्भाशयको भित्तामा टाउको जोतिउञ्जेलसम्म तैरन्छ र गर्भाशयको भित्ताको मासुमा मिसिएर रगतबाट  प्रसारित हुन्छ । 



–बक्सर दिमित्री

सियाटल विश्वविद्यालय र ‘फ्रेड हट्चिसन क्यान्सर रिर्सच सेन्टर’को नयाँ अध्ययनअनुसार हरेक महिलाले सहवास गरेका पुरुषबाट उसको डिएनए हासिल गर्ने र शरिर भित्र संग्रह गर्ने गर्छन् । स्नायु सवन्धी रोगी व्यक्तिबाट गर्भवती बन्ने महिलाले जन्माउने पुरुषहरु यस्ता रोगबाट ग्रसित हुन्छन् वा हुँदैनन भन्ने अध्ययनको क्रममा अपेक्षा गरिएभन्दा रहस्यमय तथ्य वाहिर आएको हो । वैज्ञानिकहरुले महिलाको मस्तिष्कलाई अध्ययनको बिषय बनाए तापनि अध्ययनले नाटकीय रुपले अर्कै धार लियो । अध्ययनले रहस्यमय रुपले महिलाको मस्तिष्कबारे स्थापित मान्यताभन्दा फरक तथ्य फेला पारेको छ ।

 

अध्ययनबाट के पत्ता लाग्यो भने महिलाको दिमागले पुरुषको ‘माइक्रोचिमेरिज्म’लाई आश्रय दिन्छ । यो भनेको एक जैबिक प्रकृया हो जसले गर्दा अर्को ब्यक्तिको आगन्तुक जीवकोष प्रापकको शरीरमा लामो समय जीवित रहने गर्छ । अर्को शब्दमा व्यक्त गर्ने हो भने भिन्न व्यक्तिमा उत्पति भै त्यस व्यक्तिमा विद्यमान डिएनए महिलामा उत्पन्न भएभन्दा आनुवंशिक रुपमा फरक हुन्छन् ।

 

 

 

 

अध्ययनअनुसार परीक्षणमा संलग्न ३७ देखी ५९ बर्ष उमेर समूहका ६३ प्रतिशत महिलाको मस्तिष्कले पुरुषको ‘माइक्रोचिमेरिज्म’लाई आश्रय दिएको पाइयो । यसकारण ६३ प्रतिशत महिलाले पुरुषको जिवित डिएनए कोष तिनका मस्तिष्कमा संकलित भएको पाइयो । यसबाट स्पष्ट हुन्छ, यो डिएनए कहाँबाट आयो ? अध्येताहरुको उत्सुकताको बिषय हो यो ।

 

कसैले अनुमान गर्न सक्छ ? महिलाको बाबुबाट ? किमार्थ होइन । बाबुको डिएनए आमाको डिएनएसंग जोडिएपछि सन्तानको अद्धितीय डिएनए बन्दछ । त्यसो हो भने यसले कहाँबाट महिलाको दिमाग भित्र प्रवेश गर्न सक्यो त ?

 

अध्ययनको क्रममा शोधकर्ताहरुको मान्यता के थियो भने महिलाको मस्तिष्कमा पुरुष डिएनए गर्भासयमा भएको पुरुष भ्रुणबाट भएकाले हो । त्यो राजनीतिक रुपमा साँचो र व्यक्तगर्दाका बखत सुरक्षित मान्यता हो । तर, शोधकर्ताहरु यसलाई सर्वथा अस्वीकार गर्छन् । किनभने जव जीवनमा कहिल्यै पनि गर्भधारण नगरेका महिलाको शव परिक्षण गरियो त्यस्ता महिलाको मस्तिष्क भित्र समेत पुरुष डिएनए कोष पाइयो ।

यस तथ्यबाट वैज्ञानिकहरुले यो बिषयमा के भै रहेको छ भनेर बुँझ्न सकेनन् । उनीहरु परेशान भएका थिए ।
उनीहरुले यो बिषयलाई परिपक्व अध्ययन र बिश्लेषण गर्न सक्षम नहुञ्जेलसम्म दवाएर राखे । यसबारे थप उप–अध्ययन र अनुसंन्धानात्मक लेखहरुमा सिमित गरेर लुकाए । तर, पछि पुरुष डिएनए महिलाको मस्तिष्कमा कहाँबाट आयो भन्ने बिश्लेषण गर्ने साहसिक घोषणा गरे ।

 

 

 

किन डराए त उनीहरु ?
“निश्कर्षः छोरा नभएका महिलामा पनि पुरुष ‘माइक्रोचिमेरिज्म’ दुर्लभ थिएन । ज्ञातव्य गर्भाधारणबाहेक अर्को सम्भावित पुरुष ‘माइक्रोचिमेरिज्म’को श्रोत गैरमान्यता प्राप्त गर्भापात, मरेका पुरुष जुम्ल्याहा भु्रण, जेठो दाजुबाट भाइमा आमाको गर्भाषयबाट स्थानान्तरण हुने र यौन संर्षग । पुरुष ‘माइक्रोचिमेरिज्म’को धेरै आवृति र तह महत्वपुर्ण रुपमा नियतबस गर्भापात गरेका महिलाभन्दा अन्य गर्भाधारणको इतिहास भएका महिलामा पाइयो । महिलामा विद्यमान पुरुष ‘माइक्रोचिमेरिज्म’को उत्पति बिशेषको लागि अझ धेरै अध्ययनको आवश्यकता छ ।”

 

यसरी शोधकर्ता अनुसार, महिलाको मस्तिष्कमा पुरुषको डिएनए कोषको विद्यमानताका सम्भावित श्रोतहरु निम्न छन् –

१. गर्भ तुहेको
२. गर्भमा नासिएको पुरुष जुम्ल्याहा
३. दाजुबाट भाइमा आमाको गर्भाशयमार्फत स्थानान्तरण, र
४. यौन संसर्ग

 

यसरी अध्ययनमा समेटिएका महिलाहरु मध्येका ६३ प्रतिशत महिलाको मस्तिष्कमा पुरुषको डिएनएको विद्यमानताको सम्भावनाको श्रोत के हुन सक्ला ?

 

माथि उल्लेखित चार श्रोतहरु मध्येका पहिला तीन विकल्पहरु थोरै प्रतिशत महिलाको हकमा मात्र लागु हुन्छ । यी तीन विकल्पमा ती ६३ प्रतिशत महिला सायद पर्दैनन् ।

 

जवाफ चाँहि चौथो हो । सहवास अर्थात यौन संसर्ग ।

 

यो अध्ययनको सार महिलाहरुको लागि महत्वपुर्ण असर हो । यौन संसर्गमार्फत सेचन भएका प्रत्येक बिज सिंचित महिलाको जीवनको सजीव हिस्सा बन्दछ । यस अध्ययनको क्रममा शव परीक्षण गरिएका महिला प्रौढ थिए । तर, पचासबर्षभन्दा धेरै अगाडिदेखि उनीहरु आफुभित्र पुरुष डिएनए बोकी रहेका थिए ।
वीर्य सजीव हुन्छ । यो एक जीवित कोष हो । जव यो महिला भित्र सिंचित हुन्छ, यो गर्भाशयको भित्तामा यसको टाउको जोतिउञ्जेलसम्म तैरन्छ,  यो महिलाको गर्भाशयको भित्ताको मासुमा मिसिएर रगतबाट प्रसारित हुन्छ ।

 

उदाहरणको लागि यदि यो मुख मैथुन भयो भने यो पौडन्छ, नाकको प्वालबाट माथितर्फ उक्लन्छ, कानको भित्री भागमा पुग्छन र आँखाको पछाडिको भित्री भागसम्म पुग्छ । त्यसपछि मासु भित्र पुग्छ र रक्त प्रवाहमा प्रवेश गर्छ । यसपछि दिमाग र मेरुदण्डको नशामा पुग्छ ।

 

यो ‘स्किफी’ चलचित्रमा जस्तो त्यसको अभिन्न भाग बन्दछ । र त्यसबाट जीवनभर छुटकारा पाउँन सकिदैन ।
अब मात्र मान्छेले यौन समागमको सम्पुूर्ण शक्ति र यसको असरका बारेमा जान्न र बुँझ्न थाल्ने छन् ।

 

(बक्सर दिमित्रीको यो खोजमूलक लेख ‘योर न्युज वायर डटकम’बाट अनुदित हो । )

यसमा तपाइको मत