इलाममा नेपाली कांग्रेसले खाता खोले


असार, इलाम । इलाममा नेपाली कांग्रेसले खाता खोलेको छ । माङसेबुङ गाउँपालिका अध्यक्षमा जित दर्ता गराएर कांग्रेसले इलाममा विजयी सुरुवात गरेको हो ।

माङसेबुङमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मतसहित कांग्रेसलाई जित दिलाउन सफल भएका हुन् । त्यहाँ उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमन्त राईले ३१५१ मत ल्याए ।

 

उपाध्यक्षमा भने नेकपा एमालेकी सुनिता योङहाङ २९८१ मतसहित विजयी भएकी छन् । उपप्रमुखको प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमको मत २७७१ छ ।

उता, इलामको अर्को गाउँपालिकामा भने एमाले विजयी भएको छ ।

माइजोगमाई गाउँपालिका अध्यक्षमा एमालेका जितबहादुर राई ५६९६ मतसहित विजयी भएका हुन् । कांग्रेसका सिटी शेर्पालाई ३९३६ मतमा रोक्दै एमाले उम्मेदवार राई विजयी बनेका हुन् ।

उपाध्यक्षमा एमालेकी सावित्रा भट्टराईले जितिन् । उनले ५२९५ मत पाएकी छन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लोकमाया थेवे ३९४२ मतमा खुम्चिइन् ।

इलामका १० स्थानीय तहमध्ये तीन गाउँपालिकामा एमाले र एक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

एमालेले इलाम, माई, देउमाई, सुर्योदय नगरपालिकामा अग्रता लिइरहेको छ भने नेपाली कांग्रेसले रोङ, फाकफोक थुम गाउपालिकामा अग्रता कायम गरेको छ ।

यसमा तपाइको मत