वर्षका एघारै महिना सुस्ताउने र असार मसान्त नजिकिएसँगै योजना सक्न हतारिने प्रवृत्ति


विकास निर्माणको जिम्मा पाएका संस्था वर्षका एघारै महिना सुस्ताउने र असार मसान्त नजिकिएसँगै योजना सक्न हतारिने प्रवृत्ति पुरानै हो । यस वर्षपालि पनि यो प्रवृत्ति उस्तै रह्यो । भौतिक निर्माणका काम विगतमा झै यस वर्ष पनि मध्यझरीमा हुँदा सरकारी लगानी बालुवामा पानी बराबर भएको आजका पत्रपत्रिकाले लेखेका छन् ।

पत्रिकाहरुले राजधानीको खानेपानी दूषित भएको, भूकम्पपीडितले अनेक सास्ती भोगेका लगायत खबरलाई आज महत्त्वका साथ लेखेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीको विकासका लागि प्रतिबद्ध रहेको भनेर व्यक्त गरेको भनाइलाई प्राथमिकताका साथ छापेको गोरखापत्र दैनिकले नामावली संकलनमा समय बढाउन सत्तारुढ दलले गरेको आग्रहलाई पनि लेखेको छ । निलम्बनमा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई रिहाइको मागसहित दायर बन्दी प्रत्यक्षीकरण मुद्दा सर्वोच्च अदालतले हेर्दा हेर्दैमा राखेको अर्को खबर पनि गोरखापत्रमा छ ।

नागरिक दैनिकले निर्वाचन आयोगले भएका गाडी थन्क्याएर आयोगका आयुक्तहरुका लागि १५ करोडको गाडी खरिद प्रक्रिया अघि बढाएको लेखेको छ । नागरिकमै भूकम्पपीडितसँग इन्जिनियरहरुले कमिसन माग्ने गरेको सामग्री पनि छ ।

कान्तिपुर दैनिकले गोर्खाल्यान्ड आन्दोलन एक महिना पुगेको उल्लेख गर्दै दार्जीलिङ थप अशान्त बनेको लखेको छ । अन्नपूर्णमा निर्वाचन आयोगले आयुक्तका लागि महँगो गाडी खरिद गर्न लागेको, राप्रपा विभाजनको संघारमा पुगेकोलगायत खबर छ ।

यसमा तपाइको मत