पूर्वी रामेछापको खिम्तीमा आज मध्यरातमा छतिउने खोला र खहरे खोलामा आएको बाढीले ८ जना मानिस बेपत्ता भएका छन् । खिम्तीको छतिउने खोलामा आएको बाढीले कुमार खत्रीसहित २ जनाको घर र मानिस बगाएको हो । बाढीले बगाएर स्थानीय कुमार खत्रीका आमाको मृत्यु भएको छ । उहाँको शव फेला परेको स्थानीय गणेश दाहालले जानकारी दिनुभयो । बाढीले मैया खत्री, गेलुबाट गोरु किन्न गएका बासु, अशोक तामाङ र उहाँका छोरी बगाएको पुष्टि भएको छ । नजिकैका विकास कार्यमा काम गर्न डेरा लिएर बसेका कामदारहरु पनि सम्पर्कमा नआएकाले बेपत्ता हुनेको एकिन संख्या नआएपनि ८ जना बगाएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले जानकारी दिनुभएको छ । उहाँले सुरक्षाका तीनै वटा निकाय परिचालन भएपनि खोलामा जमेको दहका कारण बेपत्ताको खोजी र उद्दार गर्न समस्या परेको बताउनुभयो । त्यहाँ भर्खरै जिल्ला प्रहरी कार्यालय रामेछापको टोली पुगेको बताइएको छ । बाढीले खिम्ति फर्पू जोड्ने पक्की पुल पनि बगाएको र खिम्ती बजारमा बन्दै गरेको पक्की पुलमा क्षति पुगेको बताइएको छ । त्यस्तै बाढीले खिम्ती खोलामा रहेको सिँचाइको कुलो पूर्णरुपमा बगाएको छ । खिम्ती खोलाको खहरे खोला थुनिँदा मुख्य बजारमा बाढी पसेको छ । बाढीले स्थानीय व्यापारीहरुको घरपसलमा क्षति पुगेको छ । बाढीले घर गोठ बगाउँदा दर्जनौ पशुचौपायाको शव यत्रतत्र छरिएका छन् भने बाढीकै कारण गाडी समेत पल्टिएको स्थानीय गणेश दाहालले जानकारी दिनुभएको छ । बाढीले पुल बगाएपछि दोलखा – ओखलढंगा सडक अवरुद्ध भएको छ ।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल
वैदेशिक रोजगारमा युवाहरूको मोह र उजाड गाउँघर!
हरेक कुराको एउटा सीमा हुन्छ, केही पनि सिमारहित हुँदैन। आज

