मोफसलमा बसी साहित्य सेवा गर्दै आउनु भएका कबि रत्न प्रसाद अनामणि श्रेष्ठले पछिलो समय राजधानी बसी प्राकाशन गरेका कविता संग्रह लाज हराएका मान्छेहरु हो / यस कविता संग्रह भित्र १९ वटा गद्द्य लामा तथा छोटा कविताहरु संग्रहित छन् / डीमाईज साइजमा प्रकासित सो पुस्तक गौरी पब्लिक रिलेसन एन पब्लिकेसन,काठमाडौँले प्राकाशन गरेको हो /२०७३ मङ्सिरमा पहिलो संस्करण भएको सो पुस्तकको मुद्रक गौरी प्रिन्तिंग प्रेस रहेको छ /मुल्य रु.१०१/-रहेको उक्त पुस्तकको पृष्ठ संख्या ८० रहेको छ /अगाडिको मुख्य पृष्ठलाई मान्छेको शरीर जस्तो देखिने मोर्डन आर्ट आकृति र पछाडिको फोटो सहित लेखकको विवरण मनोज बोहोराले बनाएको छ /ग्रन्थमा डा.माधब सापकोटाको बहुआयामिक ब्यक्तित्व शिर्षकमा भूमिकाका साथै दामोदर ढकालको प्रकाशकीय र लेखकको आफ्नो भनाइ रहेको छ
संग्रहमा रहेको पहिलो कविता छोरालाइ चिठ्ठी शीर्षकमा रहेको छ/उक्त कविताले आफ्नो शहर पसेको छोरोलाई शहरमा लुकाई राखेको बिजुली गाउँमा ल्याउन आग्रह गर्नुका साथै कामै नगरी खानेको ठुल ठुला घर,महँगो स्कुलमा छोरा छोरी कसरि भने ब्यंग्य र सटिक तर्क कबिता मार्फत प्रस्तुत गरेका छन् /त्यसै गरि दोश्रो कविता मा बुढो कबि शिर्षकमा उहाले कबि बुढो भए पछी शहरको अस्पतालमा पुर्याइएको बडो मार्मिक र सुन्दर ढंगले प्रस्तुत गरेका छन् /संग्रहको तेस्रो कबिता मुसाले खेत जोत्दैन शिर्षकमा रहेको छ /सानो आकारमा चित्तिक परेको कबिता हो यो /यस कवितामा मुसालाई बिम्ब बनाएर नेपालको ठुलो राजनैतिक पार्टी माथि ब्यंग्य तथा यथार्थ पोखेका छ कबिजिले /भूकम्प र राहत शिर्षकको कवितामा भूकम्प पछि राहत बितरणमा ठुला नेताहरुमा देखिएका प्रवृति मार्मिक ढंगले प्रस्तुत गरेका छन् / कबिता संग्रह भित्र सबै भन्दा लामो कबिता हो साँझमा ठोक्किएका काँचका गिलासहरु / यो कबितामा भाबलाइ ब्यन्जनायुक्त बनाएको पाइन्छ /यस कविताले कविको कवित्वलाई उत्कृष्ठ बनाएको छ /देश प्रेमलाई ब्यंग्य शैलीमा भरपुर प्रयोग गरेको पाइन्छ /सरल शब्दमा गहन भाव प्रकट गर्न कवि शिपालु देखिन्छ /शान्तिको अखण्ड दिप प्रज्ज्वलित गरौ कवितामा अशान्त परिबेशमा आफ्नो देशमा शान्तिको दिप प्रज्ज्वलित गरि बिस्व सामु देखाउने इच्छा प्रकट गरेका छन् / मेहनती कमिला शिर्षक बाल कबिता पनि यसै संग्रह भित्र समाहित गरेका छन् /
बालबालिकाहरुलाई कमिला जस्तो मेहनत गर्नु पन्रे आह्वान गरेकाछन कविता मार्फत /म मेरै माटोमा जमरा छर्छु कविता राष्ट्रबादी कबिता हो / प्राण दिन पनि पछी नपर्ने हुनुपर्छ आफ्नो देशको लागि भन्ने मूल संदेश दिन खोजेका छन् कविजिले / जनता को लेखाइमा संबिधान कवितामा कबिजिले नेपालीको संबिधान नेपालि माटो र हावापानि सुहाउदो र नेपालीले नै लेखेको हुनु पर्नेमा जोड दिएकाछन् /मौन बिद्रोह गरिरहेछु कवितामा कविले देशको अभिभारा बोक्ने हरु प्रति अविस्वास प्रकट गर्दै मौन बिद्रोह गर्नु परेको कुरा स्पष्ट पारेका छन्/ हाम्रो निर्णय कवितामा देशको ठुलो निर्णय गर्दा छिमेकी लाइ सोधेर निर्णय नगरी आफ्नै माटोलाई सोधेर निर्णय गर्ने बताएका छन् /यसै गरि अर्को कबिता अलच्छिनी फ्याउरो शिर्षक कवितामा गरिबीलाई सबैले हेप्ने र काल पनि उसै कहाँ छिटो आउने कुरा व्यक्त गरेका छन् /लाहुरेको चिठ्ठीमा कवितामा कबि ले परदेशीको दुख र सम्झनालाई चिठ्ठीमा उतारेका छन्/यात्रा अझैँ बांकी छ कवितामा कविले देश बिकाशको लागि यात्रा निडर भै जारि राख्नु पर्ने कुरा ब्यक्त गरेका छन् /अमुर्त क्रान्तिमा कविले क्लिष्ट भाषा प्रयोग गरेका छ यो कविताको भाव पक्ष गहन छन् क्रान्तिलाई जोड दिदै अमुर्त क्रान्तिलाई चिनु पर्ने संदेश दिन खोजेको छ/लाज हराएका मान्छेहरु कबिताकी शिर्षक दिएर यो संग्रह बनेको हो /देशमा थुप्रे जना लाज हराएका मान्छे हरु छन् तिनीहरु देखि होशियार हुनु पर्ने कुरा ब्यक्त गरेका छन/पासा मेरो नाम मा राज्य नमाग ब्यङ्ग प्रधान कबिता हो यो कविले आफ्नो देश माथि अविस्वास गर्नेहरु संग मिलेर राज्य नमाग्न अनुरोध गरेका छन्/मेरो टोलका बुढाबालाई शिर्षक कवितामा कविले प्रगति शिल प्रौढ व्यक्तिको चित्रण गरेका छन् / बनभारी एक्लै सल्ला सुसाइरहेछ कवितामा थुप्रै बनस्पति संग कबिले जीवन तुलना गरेको एकदम मार्मिक छ /यो कबिता संग्रहको अन्तिम कबिता देश प्रतिविन्बित कविको कोट शिर्षकको हो / कविले आफ्नो कोटको वास्ता देश चिन्तन प्रति चासो देखेका छन्/
कबिता संग्रहभित्र रहेका अधिकांस कविताहरु फरक समयमा विभिन्न पत्र पत्रिकामा छापिएका कविताहरुलाई संग्रह गरेका छ/सबै कविताहरु सरल ,सरस र मिठासपूर्ण छन् /कविको कबिता लेखन यात्रा सफल देखिन्छन /गद्दय कविताको मर्मलाई बुझेकाछन/जे हो कविको कविता यात्रा सफल र समाज प्रति उत्तरदायी छन् भन्दा फरक पर्दैन /



