ह्रदयको पाखाभरि अम्लान फूल फूलाउँदै छु
सृजनाको फूलबारीमा यिनै नजर डुलाउँदै छु
थुप्रै देखेँ दिउँसै यहाँ जून खोज्दै हिड्नेहरु
हिउँ फूल्ने आँगनीमा एक्लै जून भुलाउँदै छु
जन्मेपछि मर्नै पर्ने फूले ओइली झर्नै पर्ने
नओइलिने फूलको यस्तो रहस्य म खुलाउँदै छु
बाटैभभरि काँढा होलान् खालि खुट्टा नाच्दै आउँछु
उकाली र ओरालीमा प्रीति फूल झुलाउँदै छु
सगरमाथा शिरमा बोकी मेरै गीत गाउँछौँ प्रिय !
“शान्ति” मुस्कुराईर,ने मनको फोटो धुलाउँदै छु!!



