सरस्वती पुस्तकालय सहयोग समिति ले दशै बिशेष कार्यक्रम गर्ने ।


लामो समय यता निरन्तर रुपमा सामाजीक काममा खटिदै आएको निश्वार्थ सामाजिक संस्था सरस्वती पुस्तकालय सहयोग समिति काठमाण्डौ ले यस बर्षको दशै तिहार बिचको समयमा बाताबरण सरसफाई एबं बिबिध कार्यक्रम गर्ने भएको छ।
तमानखोला गाँउपालिका का प्रमुख जोकलाल बुढाको प्रमुख आतिथ्यता र तमानखोला गाँउपालिका ४ नं.वडा अध्यक्ष उदिम बहादुर छन्त्यालको बिशिष्ट आतिथ्यतामा सम्पन्न रहने उक्त कार्यक्रम १५ र १६ गते गरि दुई दिन संञ्चालन हुने आयोजक ले जानकारी गराएको छ १५ गतेका दिन सरस्वती आधारभुत बिद्यालय संग समन्वय गरी लाम्मेलामा बाताबरण सरसफाई गर्ने र १६ गतेका दिन सहयोगी दाता बाट सकंलित आर्थिक,भौतिक सहयोग बिद्यालय लाई हस्तान्तरण,चेतना मुलक सृजना बाचन,नरसिह श्रीपाली र बैरागी काईलाको गीतको कभर मन्चन र अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेको बताइएका छ ।
अहिले नगरे कहिले गर्ने,मैले नगरे कस्ले गर्ने भन्ने अठोट संगै तय गरिएको उक्त कार्यक्रम ले स्थानीय बासिमा धेरै थोरै परिबर्तन ल्याउने आयोजक को भनाइ छ । आफुहरु कुनै पनि ब्यत्तिगत स्वार्थमा नभई निस्वार्थ रुपमा समाज को मुहारमा फेर्नमा लागी परेको उनीहरु बताउछन् साथै उक्त कार्यक्रमा आफुहरुको आगामी कार्ययोजना सार्बजनिक गर्ने र सृजना बाचनमा प्रथम द्दितिय तृतिय हुने बिधार्थि लाई नगद प्रमाण पत्र र सहभागीलाई उपहार दिएर सम्माण गर्ने आयोजक ले जानकारी गराएको छ।
कार्यक्रम असोज १५ र १६ गते सरस्वती आधारभुत बिधालयको प्राङगणमा रहेको र आफुरु पुर्ण रुपमा यहि कार्यक्रम को तयारीमा रहेको जानकारी गराईएको छ ।

यसमा तपाइको मत