काठमाडौं–तीनकुनेको प्रहरी कार्यालय नजिकै पोलमा बमजस्तै बस्तु फेला परेपछि यस क्षेत्रमा मंगलबार विहान ११ बजेपछि ठूलै आतंक मच्चियो । प्रहरीले तीनकुनेको बागमति पुल पारि र वारी सवारी साधन रोकेर त्यस क्षेत्रलाई सिल ग¥यो । त्यसपछि सेनाले रिमोटबाट चल्ने रोबोट पठाएर उक्त संकास्पद वस्तुको जाँच गरेको थियो । रोबोटले निकै बेर हल्लाएर उक्त पदार्थलाई विस्फोट गराउने प्रयास गर्यो । त्यति गर्दा पनि विस्फोट नभएपछि बमप्रतिरोधी पोशाक लगाएका सैनिकले उक्त संकास्पद पस्तुलाई विस्फोट गराएर नस्ट गरेका थिए ।
तीनकुनेको बाग्मती पुलनजिकैको विजुलीको पोलमा उक्त संकास्पद बस्तुमा ‘खतरा’ लेखेर झुन्ड्याइएको थियो । बेबारिसे व्याग भएको स्थानसँगै तीनकुने प्रहरी चौकी छ । विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दमा सर्बसाधारणलाई तर्साउन मुलुकका विभिन्न ठाउँमा बम राखिएको पाइएको छ । तीनकुनेमा रहेको उक्त बस्तुले पनि दुई घन्टाभन्दा बढी तनाव सिर्जना गरेको थियो । सेनाले बम डिस्पोज गरेको हेर्न पुलेको दुवै छेउमा सयौं मानिस जम्मा भएका थिए । दुवै तर्फ गाडी रोकिएपछि सवारी साधनको लामो लाइन लागेको थियो ।,



