
सम्पूर्ण सुम्पिदैछु पहिचान तिम्रै भरोसामा
पहिल्याउॅनुछ ती यथास्थान तिम्रै भरोसामा।
सब जनको अमूल्य गहना तिमीलाई सुम्पी
ऑखा चिम्ली दिदैछु अनुदान तिम्रै भरोसामा।
जिन्दगीको काॅडाको पथमा फूल फुलाउॅनुछ
आशारत् छु बन्नु है!शिलवान तिम्रै भरोसामा।
म मात्र ठूलो हुॅ को अहम् त्याग्नु पर्छ अब हेर!
समाजका गलत् बनुन् अनुमान तिम्रै भरोसामा।
काॅधमा काॅध दिन्छु भन्दै खान्छे कसम शर्मिला
बिकास्को चलाऊ है अभियान तिम्रै भरोसामा।



