
अव राष्ट्रिय चिन्तनमा कलम चलाउनु पर्छ
अशिक्षा र गरिबी यो देशबाट भगाउनु पर्छ
देश समृद्धिकालागि सबैको सहयोग चाहिन्छ
आआफ्नो क्षत्रबाट हातमा हात बढाउनु पर्छ
नेतालाइ मात्र कति गालिगर्नु बरु आफै पनि
सच्चा नागरिकको कर्तब्यकेहो? निभाउनु पर्छ
बिकाशको बाधक भ्रष्टाचार मुख्यहो भ्रष्टलाइ
नमस्कार ले हैन तिरस्कार ले गलाउनु पर्छ
गतिहिनतामा देश अलमलिएको बषौ भयो
अव तिब्र गतिमा नेपाललाई हिडाउनु पर्छ



