म वेश्या हु

- अप्सरा सुनार


स्विकार छ प्रियतम म वेश्या हु

थुक अझै दलि कालो मुसो श्रिङ्गार गरिदेउ
जुत्ताको मालाले
तिमी हररात स्त्री सँग रमाउछौ
तर मैले परिवर्तनको निम्ति हातेमालो गर्दै
घरभन्दा पर पुगेकी थे
म घरबाट निस्कनु नै म वेश्या हुनु हो
तेसैले स्विकार छ म वेश्या हु
मेरा अावाज मेरो प्रसवको पीडा
मेरो बलात्कार को पीडा मेरा कापेका बोली सारा वेश्या को चरित्र हिनता हो
झुपडीमा सकिनु पर्ने म अावाज लिएर
बालुवाटार सम्म पुगे
तेसैले म वेश्या हु
मैले असल प्रेमिका हुन त तिम्रा बलात्कार सहनुपर्थ्यो
तिम्रो ईसाराको कठपुतली बन्नुपर्थ्यो
तर म तिम्रो बिरुद्ध मा छु तेसैले प्रियतम म वेश्या हु
अझै बन्नेछु वेश्या
म एक वेश्या बनी हजारौ छोरीलाई
बचाउनु छ बलात्कार हुनबाट
कराउछु अझै हर बस्तिमा
अावाज बुलन्द पार्नेछु
करोडौं नारीको अस्मीता जोगाउन
हो सरकार म वेश्या बन्दैछु
हो समाज म वेश्या बन्दैछु
स्विकार छ प्रियतम
म वेश्या हु
हो म वेश्या नै हु

यसमा तपाइको मत