कविता

- नर बहादुर बि सी


डुक्रदैछौ प्रचण्ड र खड्ग प्रसाद ओली
तिम्रो हुङ्कार हेरेकै छौं नबोली नबोली
एकता नै गर्दैछौ रे आज हो कि भोलि
देख्न हाम्ले नपरोस् है च्यातिएको चोली।

एउटाले उखान टुक्का अर्को चाँहीले गोली
जनतासामु थापेकैहौ मनचिन्ते झोली
कोहिले दिए डराइ डराइ कोहिले मन खोली
नफालिदेऊ जुठेल्नोमा जनताका कोसेली ।

विगतका काला मैला अब टुट्नुपर्छ
भ्रष्टाचारी गुन्डागर्दी सबै भुट्नुपर्छ
त्यतिबेला जे जे भयो अब जुट्नुपर्छ
नेपालमा विकासको मूल फुट्नुपर्छ ।

यसमा तपाइको मत