जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४५ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार राति केन्द्रीय सदस्यको सूची तयार पारेका हुन् ।
नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति भएको थियो ।



