कालाे बादललाई स्वागत

- दामोदर ढकाल "दिपक "


गजधुम्म बादलले
पानी बाेकेर धर्तिलाई शीतलता दिन्छु
भनेर गड्गडाइरहेछ
तर तराईको रमेश मण्डल र
सुरेन्द्र यादव बाढीले अाफ्नाे जायजेथा लैजाने हाे कि भनेर
अतालिरहेछन्
उता पहाडमा
यम लिम्बू र चिरन राई
पहिराे गएर
खेतका गरा र बारीका कान्ला भत्किने हुन कि भनेर
थरथर कामीरहेछन्
उता हिमालमा
पासाङ शेर्पा र अाइते तामाङ
पानीले टेकिङकाे बाटाे भत्किने हाेकी भनेर
त्रसित छन्
तर काठमाडौं बादल देखेर दङ्ग छ
किनकि यहाँ काे फाेहाेर
र धुलाेलाई पानीले
तह लगाउछ भनेर
नेता बस्ने शहर काठमाडौं र यहाँ बस्ने
नेतालाई ठुलाे विनाशकारी
बाढी ठगी खाने र मागी खाने भाडाे बन्छ
तसर्थ कालाे बादललाई
स्वागत गरिरहेछन
सिहदरबारबाट
स्वागत /

यसमा तपाइको मत