श्रावण पन्ध्र


 यो नेपाल हाम्रो पर्वै पर्वको देश छ,

सारै सुन्दर यसको झन्डा र भेष छ।

वैदिक सभ्यताका अनुयायी हाै हामी,

अन्यायमा योद्धा कहलिएका छौँ हामी १

 

असार पन्ध्र आयो दही चिउरा पर्व ,

श्रावणको पन्ध्र आयो खीर खाने पर्व।

यहाँका बर्सै दिन पर्वले ढाकेका छन् ,

कति त पर्व मनाउदै थाकेका छन् २

माघ मैना खानु पर्छ तिल चाकु घिउ,

ठन्डा हुँदा यसले नै गर्मी गर्छ जीउ।

कैले दसैं तिहार आफन्त भेट हुने

कैले तीज पर्व महिलाको मनै छुने ३

हामी यहाँ भेला भयौं खीर खान भनी,

ब्यबस्था रैछ खीर तथा पौडीको पनि।

टोखा केब ले योसधैं आयोजना गर्छ,

यसमा सबैले धन्यवाद दिनुु पर्छ ४

परम्परा र संस्कृति जोगाउनु पर्छ,

तर सधैं निसुल्क ब्यबस्था कस्ले गर्छ?

अर्काको सहयोगमा कति सम्म मान्ने,

आफ्नै ब्यबस्था परेमा मान्ने कि नमान्ने ५

यसमा तपाइको मत