राधेश्याम लेकालीको अनेसास अध्यक्ष पदमा उमेदवारी


नेपाली भाषा, साहित्य, कला र संस्कृति को सेवामा निरन्तर क्रियाशील र समर्पित व्यक्तित्व राधेश्याम लेकालीलाई अनेसास को केन्द्रीय अध्यक्ष्य पदमा विजय गराउन सबैले सहयोग गरौँ।

(अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति निर्वाचन (२०१८–२०२०) मा अध्यक्षका उमेदवार राधेश्याम लेकालीको घोषणापत्र ) :

१. अनेसासका विभिन्न च्याप्टर तथा आजीवन सदस्यहरूका बीच आपसी सद्भाव, प्रेम, सहयोग, मित्रता र सहकार्यको वातावरण सिर्जना गर्ने ।

२. च्याप्टरहरूको थप विकास, विस्तार, सम्पर्क र सम्बन्धको विकास गर्दै, च्याप्टरहरूको व्यवस्थापन र संस्थागत विकासमा विशेष पहल गर्ने ।

३. अनेसास विकासको विशेष योजना तर्जुमा गरी यसका गतिविधिहरूलाई विश्वका विभिन्न देशहरूमा फैलाउने ।

४. विभिन्नबाट प्राप्त सुझावलाई ध्यानमा राखी समयसापेक्ष ढङ्गले अनेसासको विधान संशोधन गर्न पहल गर्ने ।

५. डायस्पोरामा नेपाली साहित्यको विश्वव्यापीकरण अभियानमा थप पहल गर्न अनुवाद साहित्यमा जोड दिई नेपाली साहित्यका विभिन्न विधाका उत्कृष्ट कृतिहरूको अनुवाद गरी प्रकाशन गर्ने ।

६. अनेसासका बोर्ड अफ ट्रस्टी र आजीवन सदस्यहरूलाई परिचयपत्र तथा प्रमाणपत्र प्रदान गर्ने ।

७. अमेरिकाको वासिङ्टन डिसीमा केन्द्रीय कार्यालय भवन निर्माणमा विशेष पहल गर्ने ।

८. अनेसासलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित गर्दै NRNA लगायत अन्य सङ्घसंस्थाहरूसँग साझेदारी र सहकार्य गरी साहित्यिक गतिविधिलाई अगाडि बढाउने ।

९. बोर्ड अफ ट्रस्टीका सदस्यहरू, पृ्र्वअध्यक्षहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा सम्पूर्ण साहित्यानुरागीहरूबाट प्राप्त सुझावलाई ग्रहण गर्दै संस्थाको विकासका लागि विभिन्न गतिविधिहरूलाई अझ व्यापक र विस्तार गर्ने ।

१०. अनेसासबाट सञ्चालित पुरस्कार, अभिनन्दन, सम्मान तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूलाई निरन्तरता दि“दै थप विकास र विस्तार गर्ने ।

११. अगिल्ला कार्यसमितिहरूबाट थालिएका कामहरूलाई निरन्तरता दिने तथा हालसम्म सम्पन्न विभिन्न सम्मलेनबाट पारित घोषणापत्रहरू कार्यान्वयन गर्ने ।
(तपाईं यो समाचार खोज अनलाइन मा पनि हेर्न र पढ्न सक्नुहुने छ।)

Image may contain: 1 person, smiling, outdoor and nature

यसमा तपाइको मत