
मुक्तक १
हिजोदेखि नै तिमी देँखे अर्के
मलाई परेको छ अब मर्के
जे देखे नी केही भन्दिन अब
तिमी रहेछौ म भन्दानी चर्के ।
मुक्तक २
तापिरहेछु म गर्मीमा पनि घाम
खुशी हुन्छ मन गरीरहँदा काम
घामले जति पोले पनि त्यो दुख्दैन
रमाइलो हुन्छ आमा भएको ठाम ।
मुक्तक ३
हत्केलामा थापिरहेछ किन आँसु झरिरहेछ
यो अँध्यारो सुनसान रातमा पानी परिरहेछ
यतैतिर लुकीरहन्छ अब कसैले नदेखोस्
किन तिम्रो नजरमा यो मन त्यसै मरिरहेछ ।



