मुक्तक

- पुष्कर अथक रेग्मी , पाल्पा


झण्डा बोक्दा मैले दण्डा खा’को बिर्सनु भो
हामीदुबै सँगै जेल गा’को बिर्सनु भो
मलाई नै आँखी देख्ने ए सभापतिज्यू
हिजो मेरै जडाउरी ला’को बिर्सनु भो

के लाग्नु र पार्टीमा खै गुट छ यहाँ
अरू भन्दानिआफ्नैको फुट छ यहाँ
सोह्र वर्षे जवानीभयो राजनीति
जहाँपोइलागएनी छुट छ यहाँ

जस्को सर्कार भएनीभोको भा’छ जनता
नेतालाई बोक्ने मात्रै डोको भा’छ जनता
थाहा छैन कहिले फेरि बली चढ्नु पर्ने
संघीयताको नाममाबोको भा’छ जनता

यसमा तपाइको मत