कर तोक्छ सरकार गरीब रुन्छ्न् गाउँमा
एक छाक टार्न पैँचो माग्ने हुन्छन् गाउँमा।
सिंहदरबारको अधिकार फैलियो खै कहाँ
दुखी जन सधैं आशुले मुख धुन्छ्न् गाउँमा।
साहुबाट ऋण लिएर पालेको कुखुरालाई
कर उठाउछ भन्दी भित्रै थुन्छ्न् गाउँमा।
भुकम्प,बाढी पहिरोबाट पीडित जनता
अति भयो अव बाँचिदैन भन्छन् गाउँमा।
खै कसरी भरिन्छ यो देशको करको भाँडो
एक छाक कोदाको खोले खान्छन् गाउँमा।



