गुरु भक्ति

- तेज प्रकाश बानिया


कविता गुरु ब्रह्म, गुरु विस्नु, गुरु महेस्वर

गुरु पर ब्रह्म, गुरु साक्षात् इस्वर

गुरुको महिमा हुने रैछ अपारको

गुरु नै केवट हुन् यो भव सागरको //१//

 

धेरै छन् यहाँ गुरु सत्गुरु पहिचान

तब मात्र मिल्छ तिमीलाई दिव्य ज्ञान

गुरु महिमा ब्याख्या गरेर सकिदैन

चेहरा हेरेर गुरु, चिनिने हुदैन //२//

 

ध्यान गरौं सधैं हामी, गुरु मूर्तिलाई

पुजा गरौं सदैब, गुरु पाद समाई

मन्त्र जपौ सधैं, गुरु वाक्य लाई

मोक्ष मिल्छ भक्तलाई गुरु कृपा पाई //३//

 

चाहे विशिस्ट ज्ञान हाेस् वा सामान्य ज्ञान

गुरु बिनाको ज्ञानले दिने छैन काम

तसर्थ गुरुको महत्त्व जानेर मात्र

आफैं सुझ बुझ गरी बन कृपा पात्र //४//

 

गुरु हुन् योगी सबका योग गराउछन्

आत्मालाई परमात्मा सँग मिलाउछन्

गुरु ज्ञानले हटेर जान्छ अन्धका

र गुरु सामु हात जोडी गरौं नमस्कार// ५//

यसमा तपाइको मत