गजल
मान्छे मान्छे बाटै सिकार भएपछि
बाउबाट छोरी बलात्कार भएपछि
घटना बढ्ढै जानू स्वभाबिक हो
देशमा कानुन नै अन्धकार भएपछि
अपराधी दिउँसै छाती खोलेर हिड्छ
नाबलिका माथी पुरुषार्थ साकार भएपछि
बाउ@ले छोरी छोराले आमा भनेन कठै
खुलमखुल्ला कानुनको आकार भएपछि
न्याय माग्ने आशा नै विलीन भएर गयो
कानुनमा न्यायका कुरा बेकार भएपछि



