मनमुटु अन्तै कतै सारेछौ र थाहा पाएँ
हाम्रो माया अोझेल पारेछौ र थाहा पाएँ
हेमन्त खड्का
सँगै जीउने तिम्ले सपनाहरू देखाएथ्यो
सत्यमा छाँगाबाट झारेछौ र थाहा पाएँ
रमेश खड्का [रियोज]
जात भात म केही छुट्याउदिन भन्थ्यो
यिनै कुराहरू ल्याई टारेछौ र थाहा पाएँ
मनिसा पौडेल
अाफु जति नै तिम्लाई प्यार गर्छु भन्थ्यौ
तर मेरो तिम्ले माया मारेछौ र थाहा पाएँ
संगीता क्षेत्री
एउटै थालमा खाना खान्थ्यौ मीठो मान्दै
मैले छोको पानी नि बारेछौ र थाहा पाएँ
आरभ पुन
यो दिलको कुनाबाट लत्याएर निस्कियौ
अर्कैको लागी मन उघारेछौ र थाहा पाएँ
सुरेस रावल
भन्ने गर्थ्यो हाम्रो प्रेममा पराजय हुन्न
कैले यी कुराबाट तिमी हारेछौ र थाहा पाएँ
समिता गौतम
म बाट धेरै टाढा बन्न खोजीराथ्यौ तिमी
अर्कै दिलमा घडेरी खारेछौ र थाहा पाएँ
रोजी मधु
चलाउला जिन्दगीको मोटरलाई भन्थ्यौ
अर्कैलाई डुङ्गा अाज तारेछौ र थाहा पाएँ
अम्बिका पाण्डे



