कृषि तथा प्राकृतिक पर्यटन ,धार्मिक पर्यटन र सांस्कृतिक पर्यटनमा उग्रचण्डी नालालाइ काभ्रेको केन्द्र नै बनाउनु पर्दछ। उग्रचण्डी नाला यसको आसपासको क्षेत्र पनि उत्तिकै आकर्षक र मनोरम छ । यहाँको रहनसहन, धार्मिक सम्पदा र प्राकृतिक सुन्दरताको महत्वमा हामीले त्यसको अवधारणा विकसित गर्न सक्नुपर्छ । नाला आफैँमा एउटा सुन्दर सानो शहर हो । यहाँका धेरै वस्तुले पर्यटकहरूलाई आकर्षण गर्न सक्ने देखिन्छ ।काभ्रेलाई उग्रचण्डी नालाको प्रमुख आकर्षणको केन्द्र बनाउँदै यहाँको धार्मिक मठ मन्दिरको प्रचारप्रसार गरेमा उग्रचण्डी नाला सबैतिर चर्चाको विषय हुन जान्छ ।जसरी नाकमा फुली ले शोभा बढाए जस्तै काभ्रे जिल्लामा नालाले शोभा बढाउनु पर्दछ /पर्यटन भन्ने बित्तिकै हामी घुमघाम गर्ने भन्ने सोच्न थाल्छौँ । अझ नालाबाट नगरकोट पदयात्रा गर्दै घुम्नु अत्यन्त राम्रा गन्तव्य स्थान हो । यहाँको हरेक क्षेत्र पर्यटनको दृष्टिले उत्कृष्ट छ चाहे प्राकृतिक होस् चाहे भौतिक किन नहुन /पर्यटनले आर्थिक रूपमा कुनै पनि स्थानलाई सबल बनाउन मद्दत गर्दछ । यसको सबैतिरबाट विकास गर्दै जानु हामी सबैको कर्तव्य हो । पर्यटनको विकासले हामी सबैको विकास गर्दछ भन्ने सोचेर यसको प्रचारप्रसार र पूर्वधार निर्माण गरेमा हाम्रो स्थानीय बजार, क्षेत्र र टोल छिमेकको प्रचार हुनुको साथै समग्रमा हामी आफ्नै प्रगति गरिरहेका हुन्छौँ ।स्थानीय स्तरमा पर्यटकलाई आकर्षण गर्दै उनीहरूलाई घरमा बास दिएर ‘होमस्टे’को रूपमा अर्थिक लाभ गर्न सकिन्छ । अर्कोतिर पर्यटन भन्नेबित्तिकै अलि भिन्नै किसिमको प्राकृतिक सुन्दरता अनि भौतिक निर्माणका कलाकृति मात्र नभएर अत्यन्त सरल र पहुँचमा भएको ‘भिलेज टुरिजम’ अर्थात् ग्रामीण पर्यटन पनि हो भनेर ग्रामीण जनतालाई बुझाउन सक्नु पर्दछ /
उग्रचण्डी नालामा ख्याती पाएका बस्तुहरुको पुन उत्पादन गर्नु पर्दछ
उग्रचण्डी नाला खुवाको लागि एक समय प्रख्यात थियो /यो प्रशिध्दिलाई कायम राख्न फेरी उत्पादन तथा बिक्री वितरण गर्नु पर्दछ /त्यसै गरि लिच्छविकालमा बाँस बात बनेको सामाग्रे हरुको लागि प्रशिध्द थियो भने कुराहरु उल्लेख गरेको भेटिन्छ /हाल पनि हामीले प्रयास गर्यो भने ति बस्तुहरु उत्पादन गर्न सकिन्छ / यहाको कंलाली ,थापिम्चा,धक्की जस्ता अनेकौ बाँसबाट निर्मित बस्तुहरु सुन्दर र पौराणिक ढांचा मा नै बनाउन सकिन्छ /टुसाल स्थान उखु पेल्ने साल रहेको हुनाले भएको हो /सम्भवत टोखा चाकुको लागि प्रख्यात हुनु भन्दा पहिले नै यो स्थान उखु र सखरको लागि प्रख्यात भएकोले नाम रहन गएको हुनु पर्दछ /त्यसैले अहिले पनि चाकु तथा सख्खर बाट बने पुष्टकारी लगायत चाकुको बिभन्न बस्तुहरु बनाइ ब्बिकरी गर्न सकिन्छ /
उग्रचण्डी नालाको हरेक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्न यहाँका सम्बन्धित निकायहरू लागिरहेका छन् । यहाँको बनेपा बजारलाई लक्षित गरी पूर्वाधार निर्माण गर्न सकिन्छ । यहाँबाट गरिने पर्यटकीय कार्यक्रम एक दिनेदेखि रात बिताउनेसम्मका गर्न सकिन्छ । रात बिताउनका लागि कुनै होटल नै हुनुपर्छ भन्ने छैन ।स्थानीयवासीको घरलाई नै पर्यटकको लागि ‘होमस्टे’ को अवधारणामा विकसित गर्न सकिन्छ । जहाँ भए पनि यसले राम्रोसँग पाहुनालाई सन्तुष्ट बनाउँछ अनि घुमफिरको समयमा घरको आनन्द दिने प्रयास गर्दछ । हामी संसारको जुनै ठाउँमा घुम्न गए पनि घरको जस्तो सन्तुष्टि र मज्जा कतै हुँदैन तसर्थ होमस्टेको योजनाले मानिसको त्यो चाहना घरबहिर पनि पूरा गर्न सक्छ ।
नगरकोट वरिपरीको ग्रामीण क्षेत्र पनि हरेक दृष्टिले सुन्दर छ । ग्रामीण संस्कृति, रीतिरिवाजलाई नजिकैबाट हेर्दा बेग्लै मजाको अनुभूति हुन्छ । शहरिया भीडभाड र कोलाहलबाट वाक्क भएका हामीलाई ग्रामीण परिवेशले आकर्षण गर्नु स्वाभाविक नै हो ।ग्रामिण बाताबरण संग घुलमिल शहरिया ब्यक्तिहरुलाई प्रभावित गर्नु पर्दछ /हामीले पनि भुल्दै गएको संस्कार र संस्कृतिलाई जीवन्त राख्न सक्नु पर्दछ । विकासको लहरले ओझेल बनाउँदै लगेको ग्रामिण चीजबीजसँग पुनः परिचय गराउँछ ।
उग्रचण्डी नालाका सांकृतिक क्षेत्रहरु परिचित हुने मौका पाउने हुन्छ
यहाँ रहेका करुणामय र भगवती जस्ता ओझेलमा परेका धेरै पर्यटकीय महत्वका स्थानहरूलाई विकास गर्दै बिस्तारै अगाडि लग्न सकिने सम्भावना छ । एकातिर धेरै अर्थिक भार नपर्ने अर्कोतिर स्थानीयवासीलाई नै सक्रिय बनाइने हुनाले यसको सफलता शतप्रतिशत छ । स्थानीय रूपमा स्थानीय तहले नै सबै काम गर्न सक्ने भएको हुनाले यसलाई मूर्त रूप दिन अत्यन्त सजिलो पनि हुन्छ । उदाहरणको लागि हामी कुनै पनि गाउँलाई लिन सक्छौँ । त्यो स्थानलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार गरी त्यहाँका बासिन्दालाई आफ्नो कार्यबारे बुझाउनु सक्नुपर्छ ।पर्यटन राख्न सक्ने परिवारले आफ्नो घरमा सम्भव भएको सङ्ख्यामा पर्यटकलाई पाहुनाको रूपमा राख्न सक्नुपर्छ । जस बापट घरवालाले आर्थिक आर्जन पनि गर्न सक्छन् ।उग्रचण्डी नाला भएका पोखरी, रूख, मठ मन्दिर आदिलाई नै पर्यटकको आकर्षणको वस्तु बनाउन सकिन्छ ।
होमस्टे पर्यटन भनेको ग्रामिण ढुक ढुक्कीसंग साक्षात्कार गर्नु हो
होटलमा बस्दा, खाँदा चर्को शुल्क तिर्नुपर्छ भने होमस्टेमा खर्च अत्यन्त न्यून र न्यायोचित हुन्छ । होटलभन्दा होमस्टेको वातावरणले घरभन्दा टाढा अर्को घरको अनुभूति दिन्छ । पर्यटकीय स्थलमा भएका वा नजिक रहेका घरहरूमा पहुनाहरूलाई वासको व्यवस्था गरिन्छ । उसलाई त्यही परिवारको आफन्तजस्तै गरेर राखिन्छ ।
होटलमा खान, बस्न मन नपराउनेहरूको लागि त यो अत्यन्त उत्तम विकल्प हो । यसको अतिरिक्त होमस्टेले त्यो स्थानमा मान्छे कसरी बस्दा रहेछन् र त्यहाँको रहनसहन कस्तो रहेछ भन्ने कुराको सहज जानकारी दिन्छ । होमस्टेको बसाइ सुरक्षित पनि हुन्छ ।
त्यसैगरी, ग्रामीण पर्यटनले व्यक्तिलाई भिन्नै सन्तुष्टि प्रदान गर्छ । ग्रामीण पर्यटकीय क्षेत्रहरूमा हुने स्थानीय हाटबजार, मेला आदिमा रमाउन सकिन्छ भने त्यहाँ हुने लोक भाकामा पनि आफूलाई भुलाउन सकिन्छ । खोलामा माछा मार्ने सौखिनहरूले त्यसको प्रकृतिक मज्जा लिन सक्छन् अनि खेतको आलीआली हिँडेर रमाइलो गर्न मन पराउनेले आफ्नो इच्छा पूरा गर्न सक्छन् ।
उग्रचण्डी नाला विकास र पर्यटन आवागमन बढ्ने आधार हो
ग्रामीण पर्यटनले उग्रचण्डी नाला नजिकका नचिनिएका गाउँहरूलाई पर्यटनसँग जोडेर सबैसँग परिचित गराउँछ । त्यो स्थानलाई पर्यटकसँगै भित्रिएको विकाससँग नाता कायम गराउँछ । त्यसैगरी आर्थिक स्तर कमजोर भएकाहरूलाई पनि घुमफिरको मौका र आँट दिलाउँछ । उनीहरूलाई पर्यटनको लागि प्रोत्साहन दिन्छ । स्थानीयवासीलाई पनि पर्यटनको काममा जोडेर हिस्सेदार बनाउँछ भने पर्यटकको सङ्ख्यालाई बढाउन पनि मद्दत गर्दछ । अत्यन्त महत्वपूर्ण कुरा त सुरक्षा र स्वच्छता नै हो जुन ग्रामीण पर्यटन तथा होमस्टेले प्रदान गर्दछ ।पारिवारिक वाटावारण खान ,बस्न ,घुम्न पाउनु भनेको राम्रो कुरो हो /तसर्थ आधुनिकताको जञ्जालमा फसेका, शहरमा बस्ने मान्छेहरूको गाउँ चिन्ने रहरलाई ध्यानमा राख्दै सरकार वा स्थानीय सरोकारवालाहरूले ग्रामीण पर्यटन तथा होमस्टेले र यसका छिमेकी केही गाउँहरूलाई ग्रामीण पर्यटनको क्षेत्र घोषणा गरेर त्यही अनुरूप विकास गर्दै लानु उपयुक्त छ ।आएक्घुम्न आएका पर्यटक संग पनि थुप्रे कुराहरुको अनुभव हरु साटासाट गर्न सकिन्छ / जसले गर्दा लोप हुन लागेको प्रबिधि , ग्रामीण कलाकौशल, संस्कृति आदिको संरक्षण गर्दछ । सम्बन्धित गाउँलाई मुलुकभर परिचित गराउँछ भने अर्कोतिर शहरियालाई गाउँले परिवेशसँग भिजाउन मद्दत गर्दछ । सबभन्दा ठूलो उपलब्धी ग्रामीण पर्यटन तथा होमस्टेले सबैतिर चर्चाको विषय हुनेछ ।



