एक दिन गरिब आयो
शासक पोलेको चिहानमा
शासकको अत्याचार सम्झ्यो
खुब मनन गर्यो
खरानीलाई हेरी रह्यो
हामी मर्दा जनताको शिर उठाई मर्छौ
भन्ने गीत गुण गुनायो
त्यो अत्याचारीको जमिन
हात्ती ,घोडा ,धन,दौलत
दुइ ,तिन वटी मयालुहरु
कोइ थिएन सिबाहेक खरानी
चिहान डाँडोबाटै
गरिबी झुप्रो बस्तीबाट
बिस्तारै धुवाँ निस्केको देख्यो
ईश्वर मरेको छैन
मरेको भए त्यो धन ,दौलत र
श्री सम्पति सबै लान्थ्यो
गरिबको चुलोमा फेरी आगो
बल्ने थिएन ,उसले सम्झ्यो
यो सब कारण त्यो गरिबले
लेखेको विद्रोहको कविताले
सहन नसकेर
बन्दुक भन्दा कलम ठुलो
सोचेर ,गुनेर
अत्याचारीले आत्मा हत्या गरेछ
बिद्रोह कविताको उदय भयो
कविताको उदय भयो
उदय भयो



