नेकपाको युवा नेताको तर्क एमाले र माओवादीको कार्ड बोकेर सहरमा दलाल पुजीवाद छिर्यो ।


काठ क्षेत्रमा दुई जना बामपंथीको नाम चर्चित ।पुर्ब मालेका साम्सद नारायण ढकाल र माओवादी ( नेकपा का ) नेता शंकर दुलाल । काठको बिकास र राजनीतिक परिवर्तन लागी निरन्तर लडाइँमा छ्न दुलाल । अखिल नेपाल चलचित्रकर्मी संघको केन्द्रिय नेता समेत रहेका दुलाल नेपालमा निम्न पुजीवादी सोच नै क्रान्तिको बाधक रहेको स्वीकार गर्छ्न ।मध्यम बर्गबाट ठुलो उथलपुथल नहुने समेत तर्क छ ।नव धनाढय बन्दै गरेको मध्यम बर्ग सडकमा त आउछ ।तर उसले आफ्नु अधिकार् र अस्तित्वको दाबी गर्छ ।पुष्पलालले सयुक्त जन आन्दोलनको नीति तथा कार्यक्रम बढदो निम्न पुजीवादी बर्गको सोचलाई ध्यान राखेर ल्याएका हुन ।यसैले क्रान्तिलाई मजदुर किसान निम्न बर्गको झुपडीमा बिस्तार गर्नुपर्छ ।
नयाँ सामान्त प्रती रुष्ट दुलाल जनयुद्धको एउटा चरणमा सामान्ती परिवारबाट बिद्रोह गरेर बाहिर आए शंकर दुलाल । त्यतिबेला एउटा परम्परागत घरबाट बिद्रोह गर्नु पनि एउटा ठुलो आन्दोलन नै थियोे ।मालेलाइ नयाँ जनवादी क्रान्ति गराउन होस या माओवादीलाई २१ सदिको जनवादमा हिडाउन उनी निरन्तर लागे ।साथीहरूलाई सहयोग गरे ।कोठा तिरे ।सेल्टर दिए । कहिले उनलाइ एउटा गीत खुव गाउन मन लाग्छ ।कोहि त भने जहाजमा सरर कोहीलाई भने पसिना तरर हाम्रो नेपालमा । शंकरको ओस्कार सपना । नेपाली फिल्मी क्षेत्रमा शंकर दुलाल निर्माता हुन ।उनले निर्माण गरेका चलचित्र सफल पनि भएका छ्न ।नेपाली फिल्मको नयाँ गति प्रती उनी आशाबादी छ्न । कागबेनी देखि पशुपति प्रसाद जात्रा समेत आउँदा फिल्मले प्रगति गरेको उनको आसय छ ।उनी नेपाली मिथक र कथालाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छ्न दुलाल ।
मेरो चाहना नै नेपाली फिल्मलाई ओस्कारमा पुर्याउनु हो । म निरन्तर लागीरहेको छु ।बैचारिक फिल्म पनि चाहिन्छ । शहर माले र माओवादीको नयाँ बर्ग अहिले उनी नेकपाको जनवादी केन्द्रीयता मान्ने कार्यकर्ता हुन ।तर नयाँ बर्ग उति बिश्वास पनि गर्दैनन् ।दोस्रो जन आन्दोलन पछि सहरमा माओवादी र एमालेको पार्टी सदस्यता बोकेर नंया धनीहरु बजार छिरेको शंकर बताउछ्न । बिनोद चौधरी र मिनबहादुर गुरुङ नै सर्बहाराको नेता र कम्युनिस्ट भए ।युद्ध लडेका साथीहरु मुग्लान पुग्न बाध्य भए ।नयाँ माओवादीहरु जग्गा दलाल जस्ता पो भए ।कोही भटी पसलमा कविता लेख्न बाधय छ्न ।नयाँ बर्ग खतरानाक छ।

यसमा तपाइको मत