लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले दशैको समापन संगै तमानखोला गाँउपालीका ४ लाम्मेलामा कार्तिक ०५ गते देखि आयोजना गरेको “जातीय बिभेद र बाल बिवाह” बिरुद्धको नाटक प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रम मा प्रभू बैक काठमाण्डौ कमलादीका अध्यक्ष एंवम समाजसेवी देवी प्रकाश भट्टचनले नगद रु ५० हजार सहयोग गरेका हुन । मंगलबार बिहान कार्यक्रम संयोजक जसिन्द्र श्रीपाली संगै पुगेको समुह संग छोटो बसाई गर्दै अध्यक्ष भट्टचनले समाजको लागी अत्यन्तै सुहाउदो र आवश्यक कामको थालनी गरेको भन्दै स्यावासि समेत दिएका हुन । केहि दिन अघि मात्र नेपाल सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवश २०७५को अवसर पारेर सम्माननीय राष्ट्रपति श्रीमती बिधादेवी भण्डारी द्धारा सुप्रवल जनसेवा श्री तृतीय राष्ट्रिय पदक बाट समेत सम्मानित भएका भट्टचनको जन्मथलो समेत लाम्मेला रहेको छ । आफुले तत्काल लाई ५० हजार सहयोग गरे पनि आश्यक परेमा अझ थप सहयोग गर्ने समेत प्रतिज्ञा गरेका हुन साथै आफ्नो जन्मभूमि को कार्यक्रमा सहयोग गर्न पाउदा आफु हर्षित रहेको उनको भनाई छ । यता लाम्मेला परिवर्तनशील को उद्देश्य भने उहाँलाई कार्यक्रम स्थल सम्मै पु¥याउने रहेको जानकारि दिएका छन् । तमानखोला गाँउपालीका मै पहिलो पटक तमानखोला गा.पा. , चेतनशील आमा समुह लाम्मेला, शोले युवा क्लब लाम्मेला र तमानखोला ४ नं. वडा संग समन्वय गरि लाम्मेला परिवर्तनशील समुह काठमाण्डौले आयोजना गरेका उक्त कार्यक्रमा बिशेग गरि प्रवासमा रहने लाम्मेला बासि र अन्य सहयोगी दाता बाट रकम संकलन भएको आयोजक को भनाई छ, हाल सम्म १ लाख ५०हजार भन्दा माथी आर्थिक सहयोग उठेको आयोजक को भनाई छ । नाटक काठमाण्डौमा रहेर तयार गरेपनि कथा बस्तु लाम्मेलाकै परिबेश लाई समेतिएको कार्यक्रम संयोजक को भनाई छ । मैले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने नारा ‘ंसंगै विगत ४ वर्ष देखि सामाजिक काम गर्दै आएको यस समुहले आफुहरुको उद्देश्य समाजमा चेतना बृद्धि गरि कु संकार को अन्त्य गर्ने रहेका जानकारि दिएका छन् । संविधानले जातीय भेदभाव र बाल बिवाह दुबै लाई अन्त्य गरेको र गर्ने त्यस्ता कार्य गर्नेलाई सजाय गर्ने भनीयता पनि मानिसमा चेतना अभावले उक्त कुराले सफलता पाउन नसकेको आयोजक को भनाई छ । समाज परिवर्तन गर्नु आफुहरुको योजना मात्र नभएर कर्तब्य समेत रहेका सचिव मेनुकमा छन्त्याल ले जानकारि दिएका छन ।
नाटक का लेखक एवं कार्यक्रम संयोजक जसिन्द्र श्रीपाली ले बाल बिवाह बिरुद्ध चेतनामुलक कार्यक्रम भएता पनि जातीय विभेद बिरुद्ध भने तमानखोला गाँउपालीका मै पहिलो पटक नाटक प्रदर्शन गर्न लागेको र आफुहरुकै समुहले उक्त कार्य गर्न पाएकोमा खुशी रहेको जानकारि दिएका छन् । कार्यक्रमको सम्पुर्ण तयारी अब अन्तिम भागमा रहेको र केहि दिन भित्रै लाम्मेलामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजन गर्ने अध्यक्ष माधव छन्त्यालको भनाई रहेको छ ।
भट्टचन द्धारा लाम्मेला परिवर्तनशील समुह काठमाण्डौ लाई ५० हजार आर्थिक सहयोग ।
- सुजेन श्रेष्ठ



