संसारले देख्छन्

- पूर्व सेनानी टंक बहादुर बजगाई खत्री ,नाला ,काभ्रे


मन, बुद्धि अहंकार चित्त दुई जोडा
यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा
राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ
अहंकारी चित्तआई बाटो छेकी दिन्छ ।

यिनै दुई आइबस्छन् डेरा जमाएर
जान्ने सुन्ने वनिकन आफै रमाएर
चारै वेद ज्ञाता थियो त्यो रावण पनि
मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।।

आन्तरिक स्थितीमा हेरफेर हुदा
ठुलालाई पनि हेर कुबुद्धिले छुदा
चन्द्रमाले पनि हेर गुरुआमा ताके
विश्वामित्र ऋषिले त वेस्यालाई राखे ।।।

खोटो अन्न खाने जति अन्यायमा गए
दुर्योधन समर्थक द्रोण भिष्म भए
गर्भबाट मनुष्य त शुद्र बनि आउ्छ
संस्कारको प्रभावले द्धिज बन्न पाउ्छ ।।।।

सबै भन्दा ठुलो रैछ संस्कार हो जान
यसैले त सबैतिर बढाउछ मान
राम्रो कर्म गरेदेखि इतिहास लेख्छन्
कुकर्मको प्रतिफल संसारले देख्छन् ।।।।।

यसमा तपाइको मत