कमिसनको खेती

- पुर्व सेनानी टंक बहादुर बजगाई खत्री


निरङ्कुस शासनको कुनै काम छैन

गणतन्त्र नेपालमा अब नभै भै’न
भन्ने पनि हामीनै हो गणतन्त्र आयो
अहिले त जनताले झनै दुःख पायो

 

थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने
जम्बोटोली लिएर नै विदेशमा जाने
रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा
नेपालीका छोराछोरी विदेशको बास

 

न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा
सत्ता भत्ता यिनैको भो गरे भागबन्डा
जनताको पिरमर्का बुझ्नुभन्दा पनि
कतैबाट कमाउन सकिन्छ कि भनी

 

जनताको टाउकोमा कर थप्ने काम
जताततै निचोरेर कमाउने दाम
निर्माणको कार्य पनि सुस्त भयो अति
ध्याउन्न नै भइसक्यो कमिसन खेती

 

 

 

यसमा तपाइको मत