गजल

- पत्रिका थापा


पुरानै रिवाज पुरानै सजावट अझै सम्म

रतिभर बद्लिएन मेरो समाज अझै सम्म

 

ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु

सकियको छैन र हजुरको परिक्षण अझै सम्म

 

उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो बाकी छ

सम्झना मेट्न छोडेको रुमाल अझै सम्म

 

तपाईंको शहरमा पो धनी छन अस्पताल छ्न

मेरो गाउँ गरिब छ।भोक भोकै मर्दैछ अझै सम्म

 

बिचरा के छुट्यो होला,कस्लाइ पर्ख्यो होला

एक बेवारिसे लास जल्दै जलेन अझै सम्म

 

यसमा तपाइको मत