सिताबिष्ट कार्कीको कलेज जीवनको सस्मरण नै “कलेज डायरी” हो

- रत्नप्रसाद अनामणि श्रेष्ठ


सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु समाबेश गरिएका छन् /  ती कविताहरु मध्य त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट पुरस्कृत नयाँ बर्ष र ए उपियाँ र उडुसहरु  दुइ कविताहरु पनि समाबेश गरिएका छन् / अन्य कविताहरुमा सुनसान रातभित्र मेरो कलेज डायरी ,मेरो दृष्टि ,जीवन ,हावा ,बरालिएका अनुहारहरु ,रिजल्ट निस्क्यो ,मेरी आमाले लगाई दिइन साइटको टिका ,किन चिन्दैन मान्छेहरु ,शुभकामना कार्ड ,हिमाल ,निन्द्रा परेन त्यो रात ,सानो बालक ,चुरोटको धुँवा ,अस्त ब्यस्त छन् ,जिउन गाह्रो भैरहेछ ,सिक ,गन्तब्य ,नयाँ इतिहास ,यात्रीहरु ,अपमान र घृणा धर्म प्रेरणा ,प्रण ,हेर ,ती बोटहरु भाँचिन लागेछन ,च्यातिदेउ इतिहासका काला धबाहरु ,सुनसान रातभित्र , दश्तर र चक बन्नुपर्छ ,चिन त्यो मान्छेलाई ,औंसीको रात र आत्मकथा आदि कविताहरु समाबेश गरिएकाछन / कबिता संग्रहको बाहिरि पृष्ठमा निलो पृष्ठभूमिमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको रंगिन तस्बिरहरु छन् भने पछाडी पृष्ठमा लेखिकाको परिचय सहित क्याम्पस पर्दा खेरिको र हालको रंगिन तस्बिरहरु रहेकाछन /

कबिता संग्रहलाई बिभिन्न अग्रज व्यक्तित्वले यसरी नजिकबाट हेरेकाछन /

“उत्साह नै सफलताको मुख्य स्रोत हो / कवयित्री सिताबिष्ट कार्की (सिबिका )को यस कविता संग्रहमा कवितात्मक सौन्दर्य त छँदै छ /त्यसका अतिरिक्त आफ्नो आरोह अवरोह दर्साए झैँ गरि मानिसलाई उन्नतिमा प्रेरित गर्ने तदारुकता देखाउनु भएको छ /”

—-तिलकप्रसाद लुइँटेल

 

यसमा तपाइको मत