भुक्ने कुकुरले
टाेक्दैन भन्थे
साँच्चै हाे रहेछ
छिमेकीलाई भुके झैँ गरेर
पुच्छर हल्लाउछ
किनकि कुकुरकाे
स्वार्थ र उदेश्य छीमेकीकाे
घरकाे पनि जुठो
भात खान पाउनु हाे
तर हाम्रो घरकाे कुकुर
अलिक फरक छ
उ घरकालाई भुकेर
हैरान कटाउछ
टाेक्नै लाग्छ
तर छिमेकीको
अभिवादन गर्छ
पुच्छर हल्लाउछ
हामीले दिएकाे
मासुभात छाेड्छ
तर छिमेकीले
दिएकाे बासीभात खान्छ
हाम्राे कुकुर अाफ्नालाई भुकेर
कडा भएकाे अाभाष दिलाउछ
तर छिमेकीलाई दण्डवत
गर्दै पुच्छर हल्लाउछ
किनकि हाम्रो कुकुर
छिमेकीको अाज्ञा मान्छ ।



