सामुदायिक सेवा केन्द्र गोंगबुँमा निर्वाचनबाट नयाँ कार्य समिति निर्माण


काठमाडौँ-सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँको पौष १४ गते भएको १३ औ साधारण सभाले २ वर्षे कार्यकालको लागि राकेश सिंहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाले प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः लक्ष्मण न्यौपाने र लवप्रसाद ढुङ्गाना, महासचिवमा ओम कृष्ण विमली, सचिवमा महेश थपलिया, कोषाध्यक्षमा पुरुषोत्तम आचार्य र सह–कोषाध्यक्षमा भक्तलाल शाही श्याम लाई विजयी गराएको छ ।

महिला ३ सदस्यमा क्रमशः चन्द्रा वराल, भूमिका सुवेदी र गायत्री लामिछाने रिमाल चयन हुनुभएको छ भने खुल्ला ७ सदस्य पदमा शान्तिराम न्यौपाने, जनक वस्नेत, सन्तोषी कुँवर, सुरेन डंगोल, रतन परियार, मोहन महर्जन र बिनोद काफ्ले निर्वाचित हुनुभएको छ ।   आजीवन तथा साधारण गरी कुल ११७४ सदस्य रहेको मतदानमा ९८४ मत खसेको कुरा मुख्य निर्वाचन अधिकृत उपेन्द्रनरसिंह अधिकारीले जानकारी गराउनुभयो ।

प्रहरी आयुक्त कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख, प्रनामनि शैलेस थापा क्षेत्रीको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारण सभाको बन्द सत्रले महासचिव प्रकाश काफ्लेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रराज न्यौपानेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित पनि गरेको थियो ।

यसमा तपाइको मत