निर्मलाको कुरा निर्मल
बनाएर पिइयो सकियो ।
सरिता शर्मिला सिर्जना र गंगामायाको
अध्यायको शुरूवात भएको छ ।
पुरै देश बधशाला भएको छ ।
जहाँ मान्छेको बध हुन्छ दैनिक
बुद्ध ,बौद्ध र बम्जनको नाममा ।
मन्त्री प्रधानमन्त्री सांसदकै
छोरी भए मात्रै
काण्ड हुने ।
हिमालले ठिहिर्याएका कलिला मन
आनीको सरल शान्त सहज जीवनको
सपना देख्नु अपराध हो ??
राज्य बिहिन हिमाली तरेली
नदेखे ठिकै छ ए सत्ता !!
कम्तिमा तराईका
जंगलको बर्बरता त हेर ।
लेख्नुको तुक हराएको यो देश
कुन साख भजाउला भोलि ?
अनि कति बलियो होला
होला यो जालो ?
काण्ड !
- बिष्णु पादुका



