पञ्चकन्या ग्रुपको साढे १२ करोड हिनामिना गरेर फरार रहेका गीतकार योगेन्द्रमणी दाहाल पक्राउ परेका छन् । गीतकार संघ नेपालको अध्यक्ष हुनुपूर्व उनी कार्यरत नेपाल बिटविन एण्ड ब्यारेल कम्पनीमा कार्यरत थिए ।
यो पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप कुमार श्रेष्ठहरुको लगानी रहेको कम्पनी हो । सोही कम्पनीमा कार्यरत रहँदा उनले १२ करोड भन्दा बढी रकम हिनामिना गरेको भन्दै उनी त्यहाँबाट गलहत्याइएका थिए ।
दाहालविरुद्ध १२ करोड ३५ लाख रुपैँया ठगी गरेको आरोपमा मुद्धा परेको थियो । जिल्ला अदालत ललितपुरले ०७४ मंसिर १४ गते फैसला गर्दै दाहाललाई बिगो बराबरको जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । त्यसयता उनी फरार थिए ।
गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए । कम्पनीले उनीमाथि छानबिन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि ७४ सालको दशैँ अघि प्रहरीमा उजुरी गरेको हो ।
करोडौं रुपैंया अनियमितता गरी उनले नेकपा अध्यक्ष प्रचण्डको नातिनी स्मिता दाहालको नाममा तेश्रो रागिनी गीति एल्वम योगेन्द्रमणिकै खर्चमा निकालिएको थियो । गीतकार दाहाल दुईपटक गीतकार संघको अध्यक्ष भइसकेका छन् ।
उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै माया लगायतका गीति संग्रह निकालिसकेका छन् । गीतकार दाहालले आफ्ना कृतिहरुबाट विभिन्न म्युजिक अवार्ड र सम्मानसमेत पाएका छन् ।
दाहाल जिल्ला अदालत ललितपुरबाट सजाय पाएर फरार सूचीमा थिए । उनै दाहाललाई वालुवाटारबाट पक्राउ गरिएको हो । ललितपुर महानगरपालिका वडा नं ३ मा रहेको नेपाल विटमिन तथा व्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठले दाहालविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्धा दिएका थिए ।
जिल्ला अदालत ललितपुरले ०७४ मंसिर १४ गते फैसला गर्दै दाहाललाई बिगो बराबरको जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो ।



