‘बलात्कार, हत्या र हिंसाको चलाएको’ सार्वजनिक भएपछि प्रहरीलाई शीघ्र अनुसन्धानमा चौतर्फी दबाव


बम्जन आश्रमबाट अनुयायी बेपत्ता पारिएको भन्दै जाहेरी परेपछि सिन्धुपाल्चोक प्रहरी ठोस प्रमाण जुटाउन सक्रिय रहँदै आएको छ ।

पहिलो चरणमा बम्जनको बाँडेगाउँस्थित टोड्केभीर आश्रमबाट बेपत्ता भएका मकवानपुर हेटौँडाका सञ्चलाल वाइबालाई अनुसन्धानको केन्द्रमा राखिएको छ । सोही आश्रममा हत्यापछि उनलाई गाडिएको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरीलाई मुद्दा बलियो बनाउन ठोस प्रमाण आवश्यक परेको हो । सञ्चलालका छोरा महेन्द्र वाइबाले सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिएका थिए । आजको नागरिक पत्रिकामा खबर छ ।

जाहेरी दर्ता गरी दुई सातादेखि अनुसन्धान अघि बढाइरहेको प्रहरीले अहिलेसम्म यसबारे केही बताएको छैन। ‘अनुसन्धानमै केन्द्रित छौँ,’ सिन्धुपाल्चोक प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने, ‘बलियो प्रमाण खोजी रहेका छौँ।’ मुद्दा बलियो बनाउन ठोस प्रमाण नजुट्दासम्म अनुसन्धानका विषयमा जानकारी दिने अवस्था नरहेको उनले बताए।

तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीहरुमाथि ‘बलात्कार, हत्या र हिंसाको दुस्चक्र चलाएको’ सार्वजनिक भएपछि प्रहरीलाई शीघ्र अनुसन्धानमा चौतर्फी दबाव छ। बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन्।

यसमा तपाइको मत