गणेश स्तुति

- – पूर्व सेनानि टंक बहादुर बजगाई खत्री काभ्रे, नाला


टेडोमुख भएर नै बक्रतुण्डं नाम

भक्तजन सबैलाई सिद्धिदिने काम

दोस्रो नाम हुन गयो एकदन्तं नाम

प्रभु तिम्रो मन्दिरनै हाम्रो दिव्य धाम

तेस्रो नाम रैछ प्रभु कृष्णा पिङ्गाक्षं नै

भक्तलाई माया गर्ने तिमी ईश्वर नै

चौथो नाम गजबक्त्रं हात्तीको झै सुँढ

हामीलाई प्रभु सधै धर्मतिर मुड

पाँचौनाम लम्बोदरं रैछ तिम्रो नाम

भक्तजन सबैलाई देउ वरदान

षष्ठं नाम विकराल बिसाल छ रुप

आरधना गर्छौं हामी बालि धुप दिप

सातौ नाम बिघ्रराजं विघ्ननास गर

आठौ नाम धुम्रवर्ण तिम्रै पर्छौ भर

नवौ नाम भालचन्द्रं चन्द्रमा छ शीर

दुःख कष्ट नास भई हटुन् हाम्रा पिर

दसौं नाम विघ्नहर्ता विनायक नाम

हाम्रा सबै विघ्नबाधा हर्ने गर काम

एकादशं गणपति देवताका नेता

मन हाम्रो शान्त पार्न हेरिदिनु यता

द्वावशं तु गजाननम् हात्ती मुख तिम्रो

अनिष्टको नासगरि माया गर्ने हाम्रो

सिद्धि दिने गणेशको जपौँ हामी नाउँ

संसारको दुःखबाट प्रभु मुक्ति पाउँ

यसमा तपाइको मत