गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे प्रमुख अातिथ्य र प्राज्ञ माया ठकुरी, बरिष्ठ मुटुराेग बिशेषज्ञ प्रकाशराज रेग्मी, बालसाहित्यकार रन्जुश्री पराजुली, बिशिष्ठ अतिथि रहनु भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालले पानसमा दिप प्रज्वल गरेर कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे। कार्यक्रममा संस्थाकी उपाध्यक्ष सीता बिष्ठ कार्कीले सभापतित्व गर्नु भएकाे थियाे भने संस्थाकी सचिव तारा के.सीले कार्यक्रम संचालन गर्नु भएकाे थियाे। अतिथिहरूलाई स्वागत मन्तब्य कवि मुक्तकार रूद्र अधिकारीले गर्नुभयाे भने अतिथिहरूलाई ब्याच र खादा बितरण कवि जानुका रायमाझी र बिमला दाहालले गर्नु भएकाे थियाे।
उक्त अवसरमा नृत्य बाट अतिथिहरूलाई स्वागत पनि गरिएकाे थियाे। दिन त के नै सकिन्छ र? एउटा फूलकाे थुङ्गाले हृदयबाट गरिएकाे
सम्मान हाे । हाम्राे सम्मानलाई स्विकार गरेर पाल्पाबाट अाउनु भएका संस्कृतविद राजेन्द्र गाेपालसिहं, बरिष्ठ मुटुराेग बिशेषज्ञ प्रा.डा प्रकाशराज रेग्मी, उप प्राध्यपक चन्द्रकान्त न्याैपाने , साहित्य तथा स्वास्थ प्रतिष्ठानका काेषाध्यक्ष बिनाेद भारती ,परेवा पाक्षिक पत्रिकाका सम्पादक भाेजराज भट्टराई प्रज्ञा बरिष्ठ कथाकार माया ठकुरी दिदीलाई प्रमुख अतिथि डा. शैलेन्दु प्रकाश नेपालले फूलमाला र खादा अाेढाएर सम्मान गर्नु भएकाे थियाे।
साहित्य तथा स्वास्थ प्रतिष्ठान पाल्पाका अध्यक्ष पुस्करराज रेग्मीकाे दशाैं कृति बालगजल अनुराेध बिमाेचन भएकाे थियाे। बिमाेचित पुस्तककाे समीक्षा भाेजराज भट्टराई सरले गर्नु भएकाे थियाे। त्यसैगरि लेखकलाई शुभकामना तथा बधाई निष्पक्ष मिडिया अनलाइनका महाप्रबन्धक कवि साहित्यतकार रत्नप्रसाद अनामणि चन्द्रकान्त न्याैपाने , राजेन्द्र गाेपाल सिहं मुटुराेग बिशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी दिनु भएकाे थियाे । लामाे समय सम्म चलेकाे कार्यक्रममा पनि धैर्यपुर्वक सुनेर अन्तिम सम्म साथ दिनु भएकाेमा हामी सम्पूर्ण हाम्रा अतिथि ज्यू र कवि साहित्यकार ज्यू हरूमा हार्दिक धन्यवाद ब्यक्त गर्दछाै।




