शैली साहित्य समाजले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्षमा नारी सम्बन्धी कविता, कथा, गीत र नृत्य कार्यक्रम आप्mनै प्राङ्गण बबरमहलमा सम्पन्न ग¥यो । साहित्यकार दिदीबहिनीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । शैली साहित्य समाजको प्राङ्गणमा सबैभन्दा अगाडि प्रवेश गर्नुहुने कवि दुर्गा तिवारीलाई पूmलको गुच्छा दिएर टीका लगाई कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रममा २६ जना कवि दिदी बहिनीहरूको सहभागीता रहेको थियो ।
कायक्रममा दुर्गा तिवारी, रञ्जु दहाल, शारदा पराजुली, मेनका पोखरेल आचार्य, पुनम घिमिरे, प्रदिक्षिका डि.सी., मानुषी रेग्मी, संगीता श्रेष्ठ, इन्दिरा थापा, प्रकृति क्षेत्री, सगुन घिमिरे, कमला खनाल, बिमला कार्की, मुना खतिवडा, कविता पोखरेल, इन्दु अंशु, मञ्जुश्री प्रधान, लक्ष्मी गिरी, डिम्बिका प्रधान, लक्ष्मी शर्मा, सानु शर्मा, रीता खतिवडा, रञ्जना पराजुली, पवित्रा अधिकारी, रञ्जु खनाललगायतबाट कविता, मुक्तक, गजल, कथा, गीत र नृत्य प्रस्तुत भएका थिए ।



