अग्रजहरूलाई ‘जी’ भन्दिन्
अनुजहरूलाई ‘छी’ भन्दिन्
आ–आफ्नो मानमर्दन हुन्छ
पर्ख बदला लिन्छु ‘नि’ भन्दिन्
जूनमा दाग देंखेँ भन्दैमा
फूलमा धार भेटेँ ‘इ’ भन्दिन्
वाचा पूरा नगर्ला कसैलै
तर थिए बैगुनी ‘ती’ भन्दिन्
मुश्किलै होस् सहन्छु प्रहार
म त मारमा परेँ ‘नि’ भन्दिन्
–२०७५।१२।२१, तानसेन, पाल्पा



