पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किए


पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ ।

राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ ।
बम विप्लव नेकपाकाले बन्दको अवसरमा बम पड्काएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

यसमा तपाइको मत