आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने


बैशाख १७ – आज मंगलबार पनि देशभर मौसममा उचाडचढाव हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । आज देशको पहाडी भु-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ भने पश्चिमी भेगका एक-दुई स्थानमा सामान्य हुरीबतास चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

यसमा तपाइको मत